जिपले ठक्कर दिँदा स्कुटर चालकको ज्यान गयो



दाङ।

दाङमा जिपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार  एक महिलाको  मृत्यु भएको छ ।  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

जिपको ठक्करबाट सख्त घाइते  भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।

आज बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नं को जिपले सोही दिशातर्फ गइरहेको रा ७ प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण  गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो ।

शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउँथिन्। उनलाई  विद्यालयमा  जाने जाने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्