स्थानीय सरकार र जनप्रतिनिधिको कार्यकाल १ वर्ष पूरा- उनीहरुले गरेका कामलाई कलाकारसम्मले कसरी लिएका छन् ?



स्थानीय सरकार र तीनका जनप्रतिनिधिको कार्यकाल एक वर्ष पूरा भएको छ। यो एक वर्षभित्रमा स्थानीय सरकार र तीनका जनप्रनिधिले गरेका कामलाई सर्वसाधारणदेखि कलाकारसम्मले कसरी लिएका छन्? समाचारपत्रकर्मी  रश्मी थापाको रिपोर्ट

राम्रो सुरुवात भएको छ : निशा देशार
गायिका, गोदवरी नगरपालिका–११

स्थानीय सरकारको एक वर्षमा केही राम्रा कामको सुरुवात भएका छन्। स्थानीय बाटो घाटो बनाउने, पिच गर्ने, ढलान गर्ने काम भइरहेको छ भने भूकम्पका कारण बिग्रिएका विभिन्न मठमन्दिर तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण कार्य पनि भइरहेको छ। बाटोमा बाक्लो ढलान गरिएकोले बाटो राम्रो भएको छ । तर, वर्षामा पानी पर्ने बेला उचित ढल निकासा नभएकाले घर–घरमा पानी पस्ने र बाटो खोलाजस्तै भएर हि“ड्न असहज अवस्था छ।

उच्च शिक्षा, उपचार आदिका लागि यहा“बाट काठमाडौं नै जानुपर्ने स्थिति विद्यमान छ भने यसको लागि यात्रामा पनि समय लाग्ने र यातायातको पनि राम्रो सुविधा नभएकाले उच्चा शिक्षा आर्जनका लागि दैनिक लामो समय यात्रामा खर्चनुपर्ने बाध्यता छ। आगामी दिनमा यी कुराहरूमा ध्यान दिनुपर्ने देखिन्छ।

सुधार गर्नुपर्ने धेरै छ : युवराज चौलागाई्रं
गायक, राप्ती नगरपालिका, चितवन

स्थानीय तहको निर्वाचनपछि बाटोघाटो, खानेपानी, फोहोर व्यवस्थापनलगायत कतिपय सरकारी व्यवस्थापनमा सुधार आएको महसुस भएको छ। तर, अझै पनि जनताले सामान्य कामका लागि समेत विभिन्न समस्या तथा सास्ती भोग्नुपर्ने भएकाले तीव्ररूपमा सुधार गर्नुपर्ने विषय धेरै छन्। जन प्रतिनिधिहरूले चुनावअघि घोषणा गरेका एजेन्डा सबै पूरा भएका त छैनन्, तर, अझै चार वर्ष काम गर्न बा“की नै छ। बा“की चार वर्षलाई सदुपयोग गर्दै ढिलासुस्ती नगरी जनताको समस्या र आवाजलाई मनन गरी जनप्रतिनिधिले आ–आफ्नो स्थानबाट काम गरेर देशको विकास र परिवर्तन गर्नुपर्छ।

मेयर र सरकारबीच नै झगडा छ : आनन्द कार्की,
गायक, ललितपुर महानगरपालिका

विकास र परिवर्तनका लागि मेहनतका साथ राम्रो काम गरेको देखिएन। म बस्ने भैंसेपाटी एरियामा वर्षौंदेखि बाटोको समस्या छ। तर, यसका लागि काम भएको छैन। काम गर्छु भन्नेहरूमा पनि कम्पिटिसन छ, तर हेल्दी कम्पिटिसन छैन। जन प्रतिनिधिभन्दा पनि पार्टी हावी भएको देख्छु। एउटा पार्टीले केही गर्न खोज्यो भने अर्कोले गर्न नदिने प्रवृत्ति मौलाएको छ। जसरी हामीले जनताका हितका लागि काम गर्छन् भनेर जनप्रतिनिधि चुन्यौ“, उहा“हरूले त्यसरि काम गरिरहनुभएको छैन। जनताका दुःख आफैंसं“ग छ। जो आए पनि राम्रो काम गर्न सकिरहेका छैनन्। जनताहरू कसरी देश समृद्ध होला भन्ने चिन्तामा देख्छु। देशको अवस्था देखेर मन दुख्छ, तर व्यक्त गर्न सक्दिन“। केही सेलिब्रेटीले आफ्ना यस्ता असन्तुष्टि सामाजिक सञ्जालमार्फत राख्ने गरे पनि उनीहरूमाथि खनिएको देख्छु। तर, एक दिन राम्रो होला भन्ने आशा छ। अहिले काठमाडौका मेयर बालेन शाहको कामचाहि“ राम्रो लागेको छ। तर, मेयर र सरकारबीच नै झगडा भइरहेको छ क्यार।

फेरि सूर्य उदाउने आशमा छु : शम्भुजित बास्कोटा
गायक तथा संगीतकार
काठमाडौं महानगरपालिका
समग्रमा भन्नुपर्दा पानी परेपछि एक्कासि बिहान सूर्य उदाएको हो, सूर्यको चकचकी पनि देखिएको हो। तर, अचानक कताकता सूर्यको किरणमा बादल छाउ“दै गयो र सूर्य अस्ताएकै थाहा भएन। अब भोलि फेरि सूर्य उदाउ“छ भन्ने आशामा छु। यसैगरी, हरदिन जनता देश विकास र स्वतन्त्रताको आशामा छन्, तर उनीहरूको आशा पूरा भएन भने हरेश खान्छन्। स्ट्रगल त भइहाल्छ, तर हाम्रो वडामा राम्रो कामको प्रयास भएका छन्। नया“ जनप्रतिनिधिले अघिल्ला जन प्रतिनिधिको राम्रो पक्ष हेरेर त्यहीअनुसार जानुपर्छ।

सोचेजस्तो भएन : देविका वन्दना
गायिका, बुटवल उप महानगरपालिका
हाम्रो मुख्य समस्या भनेको बाटोघाटो नै थियो। अहिले बाटोहरू राम्रो भएको छ। बाटोका कारण यो क्षेत्र एकदमै रमाइलो र राम्रो भएको छ। बुटवलभित्रको कुरा गर्दा हस्पिटल लाइनतिर हि“ड्न गाह्रो हुन्थ्यो। अहिले भने उकालो ओरालो सबैतिर राम्रँे भएको छ। यो सुरुवातचाहि“ चुनाव अघिबाटै भएको थियो। एक वर्ष बितिसक्दा खासै सोचेजस्तो परिवर्तन त भएको छैन, अब परिवर्तन हुन्छ कि भनेर हेर्दैछौ“।

गरिब जनता पेलिएका छन् : चन्द्र पुलामी
मोडल, काठमाडौं महानगरपालिका
जनतामा अभावले बाध्यता छ। पेटी भत्कियो, ठेला उठ्यो, सायद शहरमा गरिबी रित्तियो। महानगरले गर्दैै आएका विभिन्न कार्यहरू हेरिरहेको छु। यस्ता कामहरू गरेपछि सबै सम्पन्न हुन्छ भन्ने महानगरले जुन अठोट राखेको छ, त्यो वास्तवमा उदेकलाग्दो र हा“सोउठ्दो छ। काठमाडौंमा बस्ने जति सबै सम्पन्न हु“दैनन्। ठेला, पेटी आदीमा व्यवसाय गर्ने र सटरमा पसल गर्नेको हैसियत एकै हु“दैन। जन प्रतिनिधि भनेको सबै जनता र उनीहरूको समस्या बुझ्न सक्ने समाज पढेर आएको हुनुपर्छ। समग्रमा भन्नुपर्दँ अहिले राजधानीमा पावरमा बसेको माथिल्लो दर्जाका मान्छेहरूले लिएको निर्णयले गरिब जनता पेलिएका छन्। अर्कोतिर अरुले गरेका कामले काठमाडौंका मेयर बालेन्द्र शाहले जस पाइरहेका छन््।

परिवर्तनको सुुरुवात भएको छ : निशा देउजा
सञ्चारकर्मी, पनौती नगरपालिका

स्थानीय चुनावको अहिले भर्खर एक वर्ष प्ुगेको छ। पक्कै पनि विगतका चुनावपछि भन्दा यसपाली केही फरक भएको छ। हामीले सोचेअनुसार नभए पनि गाउ“–गाउ“मा सिहदरबार भन्ने नाराजस्तै पहिलेको तुलनामा यसपटक थोरै भए पनि परिवर्तनको सुुरुवात भएको छ। किनभने जन प्रतिनिधि आफ्नै गाउ“–ठाउ“को हुने भएकाले त्यहा“का सामान्य समस्यामा पनि उनीहरूको ध्यान गइरहेको हुन्छ र त्यसको सुधारका लागि सकेसम्म पहल गरेको पाएको छु। शिक्षा, बाटोघाटो लगायतमा विकास भइरहेको छ।

उहा“हरूले निर्वाचनअघि जति आश्वासन दिएका थिए र जस्तो एजेन्डासहित घरदैलो अभियानमा अँएका थिए, त्योअनुसार चाहि“ सुधार भएको छैन। तर, आफ्नो पक्षबाट प्रयासचाहि“ गरेका छन्। हामी जनता पनि विकास तथा आफ्नो सेवा सुविधालाई लिएर अलि बढी महत्वाकांक्षी भइरहेका हुन्छौं“। अब ४ वर्ष काम गर्न बँ“की नै छ। त्यसैले आ“त्ति हाल्नुपर्ने अवस्था छैन र त्यति धेरै तारिफयोग्य काम पनि भएको छैन।

कार्यकर्ता पाल्ने ठाउ“ भएको छ : एमडी अली उल्ला
सर्वसाधारण, रौतहट राजपुर नगरपालिका
केन्द्रदेखि संघदेखि प्रदेश गाविस र नगरपालिकासम्म अवस्था उस्तै छ। कतै केहि भएको देखिन्न। स्थानीय एकाइहरू त झन् लुट्ने ठाउ“ भएको छ, कार्यकर्ता पाल्ने ठाउ“ भएको छ। स्थानीय तहदेखि माथिसम्म देश बिग्र“दै गएको छ। नया“ नेतृत्वले कुनै पनि उल्लेखनिय काम गरेको छैन। पुरानो जे छ, त्यसैमा निरन्तरता देख्छु। समाजमा खासै परिवर्तन हुन सकेको छैन। आफ्नो र पार्टीको दुनो सोझ्याउने बाहेक दत्तचित्त भई काम गरेको छैनन्। जन प्रतिनिधिले बितेको एक वर्षमा धेरै कुरा गर्न सकेका छैनन्। पहिलो वर्ष भएकाले सिकाइमै बितेको हो कि हामी सर्वसाधारणले स्थानीय सरकारको एक वर्ष उत्साहजनकरूपमा लिन सकेका छैनौं।

नया“ नेतृत्वले राम्रो काम गरेको छ : नानीबहादुर नेपाली
सर्वसाधारण
कागेश्वरी मनोहरा नगरपालिका
हाम्रो नगरपालिका तथा वडामा नया“ नेतृत्वको एक वर्षमा धेरै राम्रो काम भइरहेको छ। प्रगति भनेको विस्तारै हुने कुरा हो, एकैचोटी सोचे हुन पनि गाह«ो हुन्छ। नया“ नेतृत्वले राम्रो काम गरिरहेको छ। बाटाघाटो, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा राम्रो सुधार भईरहेको छ। भर्खरका युवाहरू भएकोले नया“ जोश जा“गरका साथ काम गरिरहेको छन्। काम सिक्न पनि समय लाग्छ। सिक्दै अनुभव बट्ल्दै जा“दा आगामी चार वर्षमा पहिलेभन्दा यो क्षेत्रको धेरै विकास होला भन्ने लागेको छ।

कति राम्रँे भयो कति : सुनमाया राई
सर्वसाधारण
खोटाङ मझुवागढी नगर पालिका
नया“ नेताले जितेपछि हाम्रो नगरपालिकामा पहिले भन्दा राम्रो भइरहेको छ। विकासको कामहरू भइरहेको छ। पहिलेभन्दा त कति राम्रो भएको छ कति। अहिले बाटोघाटोमा सुुधार भएकाले घर–घरमा गाडी जान्छ, घर–घरमा खानेपानीको धारो लगिएको छ। पहिले हामी जित्यौ“ भने जे जस्तो काम गछौं भनेका थिए, त्योअनुुसारका कामहरू गर्दै आएका छन्। अबका वर्षमा पनि यस्तै काम हु“दै जाला भन्ने आशा छ।

हाम्रोतिर राम्रो भएको छ : मुनसुवा ठकुरी
सर्वसाधारण
कालीकोट तिलागुफा नगरपालिका
नया“ मान्छेले जितेर आएपछि हाम्रोतिर राम्रो भइरहेको छ। राम्रो काम गरिरहेका छन्। नया“ रोजगार ल्याएका छन्। मोटर बाटोहरूको सुविधा ल्याएका छन्। खानेपानीको धाराको व्यवस्था गरेका छन्। राम्रै छ। तर, वृद्धभत्ता काटिदिने रे भनेको सुनेको छु। हो कि होइन थाहा छैन। वृद्धभत्ता दिएनन् भने त हामी बुढाबूढी मान्छेलाई गाह्रो हुन्छ।

उपलब्धिमूलक मान्नुपर्छ : श्याम थापा
विद्यार्थी
बाह««बिसे नगरपालिका सिन्धुपाल्चोक
हाम्रो नगरपािलकामा नया“ नेतृत्वको एक वर्ष राम्रो रह्यो। राम्रा कामको थालनी भएका छन्। शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायतका क्षेत्रमा राम्रा कामको थालनी भएको छ। गाउ“–गाउ“मा सिह दरबार भनेजस्तै अब जनताले आफ्ना दुःख र समस्या लिएर सरकार खोज्दै जनता होइन जनताको दुःख खोज्दै सरकार जनता माझ जानुपर्छ। जुन प्रयास हाम्रोमा भएको देखिन्छ। जनताको दुःखमा जन प्रतिनिधिले साथ दि“दै आएका छन्। समग्रमा जन प्रतिनिधिको एक वर्षलाई उपलब्धिमूलक नै मान्नुपर्छ।

पहिलेकै अवस्था छ : सिजन नाछि«ङ राई
विद्यार्थी
ऐसेलुखर्क गाउ“पालिका, खोटाङ
हाम्रो गाउ“मा धेरै वर्षअघि जस्तो थियो, अहिले पनि लगभग त्यस्तै छ। खानेपानी, तथा बाटोघाटोको अवस्थामा केही परिवर्तन भएका छन्। तर कच्ची र सा“घुरो सडक छन्। शैक्षिक क्षेत्रमा भौतिक विकास भएको छ, तर शैक्षिक गुणस्तर बढ्न सकेको छैन। शैक्षिक क्षेत्रमा अझै विकासको आवश्यकता छ। विद्यार्थीहरूलाई लाइब्रेरीको व्यवस्था छैन भने उच्च शिक्षा आर्जन गर्न अन्य शहरमा जानुपर्ने बाध्यता छ। राम्रो अस्पतालको अभावमा गम्भीर खालका विरामीलाई धरान, विराटनगर, काठमाडौंजस्ता शहरमै लानुपर्ने बाध्यता गरिब जनतालाई छ। जन प्रतिनिधिहरूले चुनाव जित्नुअघि भनेको कुराहरू खासै लागू भएको देखि“दैन। मुखले बोलेका कुरा व्यवहारमा उतार्न चुकेको देखिन्छन। अबको ४ वर्षमा यहा“ शिक्षाको क्षेत्रमा विकास होस् भन्ने चाहना छ।

विकास निर्माणले तीव्रता पाएको छ : दीपिका खड्का
विद्यार्थी
विदुर नगरपालिका नुवाकोट

विदुर नगरपालिकामा अघिल्लो स्थानीय चुनावमा भन्दा यसपाली चुनिएका जनप्रतिनिधिले आफ्ना कामहरू प्राथमिकतामा साथ गर्न थालेका छन्। विगतमा भन्दा विकास निर्माणका काम तीव्ररूपमा अघि बढिरहेको छ। खानेपानी बाटो निर्माणका सोचेजस्तो त भएको छैन, तर ढिला सुस्तीमै काम भए पनि पहिलेको तुलनामा अहिले विकासका योजना र बजेट पारदर्शी हुन थालेका छन्।

शिक्षा स्वास्थ्यजस्ता विषयमा पनि ध्यान दिनुपर्नेे देखिन्छ भने महिलाका मुद्धा, महिला सशक्तीकरण, महिलामुखी कार्यक्रमहरू ल्याउन आवश्यक देखिन्छ। स्थानीयस्तरदेखि केन्द्रसम्म नै महिलालाई पछाडि पारिएको र महिला हक अधिकारको कुराहरूमा सुुधारेर महिला मैत्री कार्यक्रम ल्याउन आश्यक छ। हाम्रो कृषिप्रधान देशमा किसानलाई प्रोत्साहन, कृषिलाई औधोगिकीकरण र बजारीकरण गर्न स्थानीय सरकारले ध्यान दिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्