बृहत् यौनिकता शिक्षा सम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु



काठमाडौँ। 

बृहत् यौनिकता शिक्षा सम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन काठमाडौँमा बुधवारदेखि सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले सम्मेलनको उद्घाटन गर्दै सफलताको कामना सहित यो सम्मेलनले नेपालको संविधानमा भएको प्रजनन् स्वास्थ्यमा मदत पु–याउने विश्वास आफूले लिएको बताउनुभयो । उहाँले विद्यालय शिक्षामा  यौनिक शिक्षा समेट्ने कुरामा नेपाल सरकार सजक रहेको र यसका लागि सरोकारवाला निकायको प्रभावकारी समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभयो । उहाँले हाल भइरहेका प्रयासहरूको विस्तृत छलफल गरी सान्दर्भिक सुझाव प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु भन्नुभयो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, यूएनएफपीए नेपाल लगायतका विभिन्न संघ संस्थाहरुको आयोजनामा सञ्चालित सम्मेलनको महत्त्व र आवश्यकतालाई प्रकाश पार्दे शिक्षा मन्त्रालयका सह सचिव डा. हरिप्रसाद लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बझाङबाट आएकी रविना थामीले किशोर किशोरी मैत्री सूचना केन्द्रले परम्परागत सोच र छोरी मान्छेको मर्मलाई केही हदसम्म सुधार आएको छ बताउनुभयो । उहाँले भविष्यमा सबै निकायको सक्रियतामा हरेक विद्यालयमा सूचना केन्द्र स्थापना होस भन्नुभयो ।

शुभकामना मनतब्य राख्ने क्रममा यूएनएफपीएका नेपाल प्रतिनिधि योङहाङले बृहत् यौनिक शिक्षाका विषयमा छात्रालाई मात्र हेर्ने नभै छात्रलाई पनि सँगसँगै लानुपर्छ भन्नुभयो । नेपालमा शिक्षाको कमीले बाल्यकालमै छात्र/छात्राको विवाह हुने र विद्यालय छोड्नेको संख्या बढ्दो मात्रामा रहेको छ । यसले स्वास्थ्य, शिक्षा र आर्थिक रूपमै  समस्या निम्त्याउँने उहाँको भनाइ थियो ।

उहाँले बृहत् यौनिक शिक्षा नीति, स्वास्थ्य शिक्षामा विद्यालय तहमा सुरु भएको तर, यसलाई गुणस्तरीय शिक्षा दिन शिक्षकहरुलाई पनि थप तालिम दिनुपर्ने आवश्यकता छ । महिलाको आफ्नो शरीरको रक्षा गर्ने अधिकार आफैमा हुन्छ । हरेक क्षेत्रमा महिला पुरुषको अधिकार समान हुनुपर्छ । यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षकहरुले गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो ।

नेपाल परिवार नियाजन संघका अध्यक्ष हिमाललाल कसजुले   केही वर्ष पहिला सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिनुपर्छ भन्दा समाजले ढुङ्गाले हानेर लखेटेका थिए । आज वृहत् यौनिक शिक्षाको पहिलो सम्मेलन गर्न सक्ने भयौ । युवाको अझै पनि ठूलो संख्या परिवार नियोजनका साधनको अभावमा गुज्रीएकोछ । विद्यालयमा बृहत् यौनिकता शिक्षा र बृहत् तालीम प्राप्त शिक्षा हुनुपर्छ । विद्यालय किशोर किशोरी र बाल मैत्री वातावरण बनोस् । यो सम्मेलनले वृहत् यौनिकता शिक्षाका लागि रोडम्याप बनाउन मदत मिल्ने विश्वास लिएको छु भन्नुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले यो एउटा सुरुवाती चरण हो । पहिलो कुरा राम्रो वातावरण, शिक्षा, पोषण, हुनुपर्छ । त्यसपछि मात्र मानव स्वस्थ हुन्छ । सर्भाइकल क्यान्सर निको पार्न सकिन्छ भन्ने अवधारणा अघि सारेका छौ । जीवनलाई सहज बनाउन ज्ञानको विकास हुनुपर्छ । विकासका बारेमा समय सापेक्ष ज्ञान हुनुपर्छ । परम्परागत नेवारी समुदायमा गुफा राख्नु पनि यौनिक शिक्षा दिनु हो । धार्मिक, सांस्कृतिक रुपमा आएका विषय वैज्ञानिक छन् भन्नुभयो ।

मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद वेगले यो सम्मेलनले नेपालको संविधानमा भएको व्यवस्थालाई मुस्लिम समुदायमा कसरी जोड्ने र बृहत् यौनिक शिक्षा दिने भन्ने विषयमा सरकारको ध्यानाकर्षणका लागि आग्रह गर्न चाहन्छु भन्नुभयो ।

शिक्षा प्रविधि तथा विज्ञान मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पहिलो नमूना कार्यक्रम गर्न सफल भयौ । यो विषयलाई सफल बनाउन राज्यले मात्र गरेर हुन्न, परिवार, समाज र राज्य साथसाथै दीर्घकाल सम्म जानुपर्ने अत्यन्तै महत्त्वपूर्ण विषय भएको बताउनुभयो । मेरो शरीर मेरो अधिकार लागु गर्ने विषय हो । शिक्षाकै कारण एचआईभी एड्स, बाल विवाह, मातृ मृत्यु दरमा कमी ल्याएको उहाँले बताउनुभयो।

उहाँले यौनजन्य हिंसा, बाल विवाह महत्पूर्ण स्थान दिएर राज्यले सम्बोधन गर्नुपर्छ । इन्टरनेटबाट पनि यौनजन्य हिंसा भएकाछन् यस विषयमा सबै निकाय चनाखो हुनुपर्छ । यसबाट बालबालिका जोखिममा छन् । यो सम्मेलनले जोखिम घटाउने सीपको विकास गर्न सकोस् । यस विषयमा नेपाल सरकार लगायत सरोकारवाला निकायले ध्यान दिनुपर्ने आवश्यकता रहेको छ भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्