देववाणी बन्ने



निर्देशक बाबु साहेब बलामीको निर्देशनमा देववाणी नामक फिल्म निर्माण हुने भएको छ।

फिल्मको हालै राजधानीको भद्रकाली मन्दिरमा मुहूर्त गरिएको छ। पूजाआजा गरी लिइएको मुर्हूर्तमा फिल्मका प्रमुख कलाकार कुन्दन भारद्वाज, अनुजा लेप्चा र रवीन्द्र झाले मुहूर्त सट दिएका थिए। मुहुर्तमा पत्रकार शान्तिप्रियले क्यामराको स्विच अन, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले निर्देशन, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले क्ल्याप दिएका थिए भने नेपाल चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधानले नरिवल फोडेका थिए ।

मौसम फिल्म्स् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन सिमरा, वीरगञ्ज, इटहरी र काठमाडौंमा हुनेछ। फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलले अभिनय गर्नेछन्। मौसम पौडेलको प्रस्तुति तथा मीना खड्का र हीराबहादुर लेप्चाको निर्माणमा निर्माणाधीन फिल्ममा निराजन मेहता मन्जिलको कथा, श्री श्रेष्ठको द्वन्द्व, मनोहर सुनामको संगीत, तेञ्जु योञ्जनको कोरियोग्राफी र हरिबहादुर घलेको छायांकन रहनेछ। नेपाली र हिन्दी भाषामा निर्माण हुने फिल्ममा महेन्द्र यादव कार्यकारी निर्माता रहनेछन्।

प्रतिक्रिया दिनुहोस्