समसामयिक राजनीति र डिजिटल विस्फोटबारे अन्तर्क्रिया 



खोटाङ।

खोटाङमा समसामयिक राजनीति र डिजिटल विस्फोट विषयक अन्तरक्रिया सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला कार्य समितिले आयोजना गरेको उक्त कार्यक्रम दिक्तेल बजारमा सम्पन्न भएको हो ।

पत्रकार तथा लेखक भवानी बरालको सहजिकरणमा मङ्गलवार सम्पन्न कार्यक्रममा जिल्लाका पत्रकार तथा राजनीतिकर्मीको सहभागिता रहेको थियो । अन्तर्क्रिया कार्यक्रम व्यावसायिक पत्रकारिताका लागि उपयोगी बनेको सहभागीहरूले जनाएका छन् ।

एक दिवसीय अन्तर्क्रियाको समय पर्याप्त नभएकोले पुनः त्यस्ता अन्तर्क्रिया तथा छलफलको आयोजना गरिने आयोजकले बताएका छन् । कार्यक्रममा राजनीति र पत्रकारिताका वर्तमान अवस्था, सामाजिक सञ्जालको प्रभाव र विकृति लगायतका विषयवस्तु समेटिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्