यस्तो छ आज जेठ ९ गते मंगलबारको राशिफल



मेष

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

मिथुन

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

सिंह

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ ।

तुला

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

धनु

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ ।

कुम्भ

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ कार्यको थालनी हुनेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् ।

बृष

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज चिन्ता बढ्ने, यात्रामा बिघ्नबाधा आउला । गरेको काममा ढिलासुस्ती हुनेछ । पारिवारिक समस्या आइपर्ला, तर शेयर बजारले साथ दिनेछ ।

कन्या

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कार्यको योजना बन्नेछ । कुनै कुराले मन प्रसन्न रहनेछ । लामो समदेखि रोकिएका अधुरा कार्यहरू पुनस् प्रारम्भ हुनेछन् ।

बृश्चिक

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आर्थिक कारोबार पनि भद्रगोल हुनसक्नेछ । विचार गरेर निर्णय लिनु उचित होला, तर प्रेमीको साथ मध्यान्हबाट दिन सुखद् रहनेछ ।

मकर

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद् यात्राको योजना बन्ला ।

मीन

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला । काममा बिघ्नबाधा ज्यादा आइलाग्न सक्छ, तर साँझमा प्रेमीको साथले मन खुसी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्