प्रदेशको अधिकार माग्दै सात मुख्यमन्त्री



काठमाडौं । संघीयता कार्यान्वयन र अधिकारका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन भेला बोलाएका छन् । आगामी जेठ १० मा गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर प्रदेश बैठक राखेर सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीका ध्यानाकर्ष गर्ने तयारीमा लागेका हुन् ।

केन्द्र सरकारले अधिकार अझै पनि आफ्नै मुठीमा राखेकाले प्रदेश कुण्ठित भइरहेको बताउँदै आएका मुख्यमन्त्रीहरुले अधकिार विकेन्द्रीकरण गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने तयारी गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थतिमिा सातै प्रदेशका मुख्यमन्त्रीलाई सहभागी गराएर अधिकारका सवालमा गण्डकी प्रदेशले छलफल चलाउने तयारी गरेको उहाँको भनाइ छ ।

संघ, प्रदेश र स्थानीय तहबीच अ‍ेहीले पनी साझा सूचीका अधिकार प्रयोगमा अन्योल हुनुपर्ने अवस्था विद्यमान रहेकोमा प्रधानमन्त्रीसँगको छलफलले केही निष्कर्ष निकाल्न सक्ने मुख्यमन्त्रीहरुले बताएका छन् । संविधानले निर्दिष्ट गरेका अधिकार पनि प्राप्त गर्न नसकेको भन्दै मुख्यमनत्रीहरुले पटकपटक संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । छलफलमा सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवहरुसहित अन्तर प्रदेश समन्वय र विकास आयोजना कार्यान्वयनका सन्दर्भमा कानुनी अड्चन फुकाउन समेत छलफलले सकारात्मक बाटो पहिल्याउन सक्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा २०७५ भदौ २१ र २२ गते पोखरामा मुख्यमन्त्रीहरुको भेला गरेर प्रदेशको अधिकार प्राप्तिका विषयमा छलफल चलाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्