लुम्बिनी प्रदेशको दोस्रोपटक मन्त्रिपरिषद् विस्तार, आजै मन्त्रीहरूको शपथ, सरकार अझै अपूर्ण



बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीको क्याविनेटमा आज तीन जना मन्त्री थपिएका छन् ।

मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा, जनमतबाट एक/एक जना गरि तीन जना थपेर सात सदस्यीय मन्त्रिपरिषद् बनाउनु भएको हो ।

कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बन्नु भएको छ् ।

त्यस्तै दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी तोकिएको हो ।

नवनयिुक्त मन्त्रीहरुको शपथग्रहण बेलुका ४ बजे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयले जिम्मा पाउनु भएको थियो । लुम्बिनीमा अझै केही मन्त्रालय रिक्त छन् ।

बाँकी मन्त्री बजेटपछि नियुक्त हुने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले बताउनु भयो । लुम्बिनीका मुख्यमन्त्री चौधरीले वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए ।

कांग्रेसका डिल्ली चौधरी नेतृतव सरकारलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन जना, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)का एक/एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस्