नक्कली शरणार्थी बन्न उत्सुक युवाहरु र सरकार



भनिन्छ, मानवजीवनमा अपनाइने कुनै पनि प्रथा, वस्तु तथा प्रक्रिया र कार्यान्वयनको दुईवटा पाटा हुन्छन् । त्यसको सदुपयोग र दुरुपयोग । सदुपयोगले शुरुदेखि कालान्तरसम्म मानवजीवनलाई खुशी तथा स्वच्छ राख्न भूमिका खेल्छ तर दुरुपयोगले क्षणिक सुखको अनुभूति दिलाए तापनि कालान्तरसम्म सुखको अनुभूति दिलाउन सक्दैन । प्रसंग हो देशमा बढ्दै गएको बेरोजगारीका कारण देशबाट विभिन्न कानुनी वा गैरकानुनी हथकण्डाहरु अपनाएरै भए पनि, जतिसुकै समस्या र पीडा व्यहोर्नुपरे पनि, आफ्ना बाबुबाजेले कमाएको सम्पतत्ति सकेरै भए पनि विदेश छिर्ने युवाहरुको मोह ।

यो संवेदनशील विषयलाई आफ्नो पक्षमा पार्न र आफ्नो मान, प्रतिष्ठा, देश र देशका नागरिक सबैलाई दाउमा राखेर धन कमाउन वैध÷अवैधरुपमा मानव तस्करहरुले आफ्नो जालो पैmलाउँदै गइरहेको कुरालाई जानी÷नजानी फस्न पुग्नु ठूलो भूल हो । विशेष गरी मानव तस्करहरुले सकेसम्म आफ्ना यस्ता कार्यहरुलाई वैधता दिलाएर अगाडि बढाउने प्रयास गरिरहेका हुन्छन्, जसले गर्दा कुनै पनि बेला समस्या देखिनासाथ वैधताको कार्डले विदेश पलायन हुन चाहने युवाहरु र तिनीहरुका परिवारका सदस्यहरुलाई जिम्मेवारी पन्छाउने कार्य गर्दै आएका छन् । समयमै यिनीहरुको पर्दाफास गरिदिएको भए सबै दलका नेताहरु जो–जो यस कार्यमा संलग्न छन् उनीहरुले पटक–पटक राज्य दोहन गर्न पाउँदैनथे ।

अवैध ढंगले मेक्सिकोको सिमानाबाट अमेरिका छिराउने कार्यलाई मानव तस्करहरूले दक्षिण एसियाका युवायुवतीलाई वर्षांैदेखि तारो बनाउँदै आएका छन् । यो कार्यको निरन्तरता यो वा त्यो नाउँमा जारी नै राखेका छन् । वर्तमानमा पनि एकातिर कहिले के नाउँमा त कहिले के नाउँमा सजिलो तरिकाले विदेशी मुद्रा कमाइ हुने कुराको व्यापकरुपमा प्रचारप्रसार गर्ने÷गराउने काम र वैध÷अवैधरुपले विज्ञापनसमेत भैरहेको देखिन्छ भने अर्कोतर्पm सजिलो तरिका वा थोरै परिश्रमबाट थुप्रै रकम कमाउन सकिने लोभमा तस्करहरूको मोहजालमा फसेर विशेष गरी दक्षिण एसियाका युवायुवती आफ्नो सम्पत्ति र श्रम दुवैको विनाश गर्ने कार्यमा स्वयं लागिपरिरहेको कुरा विभिन्न घटना तथा परिघटनाहरुले प्रस्ट्याइरहेका छन् । धेरै नेपाली युवायुवतीहरू यसबाट प्रताडित हुँदा पनि अभैm चेत खुल्न सकेको देखिँदैन । वर्षौंदेखि यो प्रक्रियाले निरन्तरता पाइरहेको छ । यस्तो कार्यमा सरकारले निषेध र नियन्त्रण गर्नुको साटो सदैव मूकदर्शकको भूमिका निभाएर बस्ने मात्र उल्टो मानव तस्करहरुलाई सहयोग र साथ दिइरहेको पाइन्छ । पछिल्लो शरणार्थी प्रकरण ठूलो उदाहरणको रुपमा जनजनसमक्ष देखा परिसकेको छ । निर्वाचनको समयमा पनि युवाहरुलाई विदेश पलायन गराउने कुराको प्रचारप्रसार गरेमा आफूलाई मत प्राप्त हुने आशयका साथ फ्री भिसा र फ्री पासर्पोटको व्यवस्था गरिदिने नारादेखि कुनै अमुक दललाई जिताएमा विदेशको रोजगारीमा जान एक पैसा खर्च गर्न नपर्नेसमेत प्रचारप्रसार गरेका कुरा जनजनको मस्तिष्कमा ताजै छ । वास्तवामा अवैधरुपमा मानव तस्करीको घटना त्यति बेलामात्र सार्वजनिक हुन्छ जति बेला समस्यामा परेको पीडितले सहयोगको आह्वान गर्छ तर वैधको नामबाट हुने गरेको मानव तस्करीको घटनामा भन्ने हो भने जति पीडा भोग्नुपरे पनि एकातिर त्यो पीडितसँग मात्रै सीमित रहन जान्छ भने अर्कोतिर मानव तस्करहरुले उल्टै पीडित स्वयंको कारण पीडितले पीडा भोग्नुपरेको तथ्य देखाउँदै आफ्नो अपराध कर्मलाई छोपिरहने प्रयासमा लागेका लाग्यै हुन्छन् ।

यी र यस्ता कार्यहरुले प्रश्रय पाएको कारणले नै शासकहरु र तिनका मतियारहरुको टोलीले देशको नागरिकलाई अनागरिक बनाउँदै शरणार्थीको नामबाट अमेरिका पलायन गराउने कार्यको जोहोसम्म गर्न भ्याएका छन् । यो काण्डमा सुझबुझ भएका नागरिकहरुसमेत पनि देशमा देखा परिरहेको भयावह स्थितिको कारण नागरिकबाट अनागरिक भएर त्यसमा पनि थप आफ्नो सम्पत्ति बुझाई शरणार्थीको दर्जामा विदेश पलायन भएर आफ्नो र भावी सन्ततिको सुखमय चाहनालाई पूरा गर्न कम्मर कसेर लागिपरे । यो त अति भएर पाप धुरीबाट कराउँछ भनेभैmँ पाप कराएको कारणले मात्र वर्तमान शरणार्थी प्रकरण यसरी बाहिरिन पुगेको हो भन्दा अन्यथा हुनेछैन । पछिल्लोपटक यो प्रसंगसँग सम्बन्धित दोषीहरुलाई कुनै पनि बहानामा वा दबाबमा उन्मुक्ति नदिइने कुराको प्रधानमन्त्री र गृहमन्त्रीबाट प्रतिबद्धता व्यक्त भएको छ । साँचो अर्थमा त्यो प्रतिबद्धताको कार्यान्वयन होस् भन्ने जनजनको चाहना पनि रहेको छ । कम्तीमा सम्बन्धित दोषीहरुलाई कानुनी कठघरामा उभ्याएर प्रचलित कानुन अनुसार हदैसम्मको सजाय दिलाउन सफल हुन सक्यो भने अरु अन्य विसंगति तथा भ्रष्टाचारजन्य कार्यहरुका लुकेर बसेका फाइलहरुले पनि सार्वजनिकरुपमा बाहिर हामफाल्ने अवसर पाउँथे भन्ने जनजनको ठम्याइ छ । यो प्रसंगमा बुझक्कड युवाहरुको मतिलाई पनि बिचौलियाहरुले कतिसम्म भ्रमित तुल्याएछन् भने, आफ्नो देशको नागरिकता त्यागेर अन्य देशको नक्कली नागरिकको हैसियतले शरणार्थीको जामा पहिरिन तयार हुँदै आफ्नो सम्पत्तिसमेत राजनीतिक व्यवसायीहरुले सञ्चालन गरेका यो वा त्यो नाम गरेका बिचौलियाहरुलाई बुझाई विदेश पलायन हुन लालायित हुन पुगे । यो भन्दा ठूलो विडम्बना देशको लागि के हुन सक्छ ?

हो पक्कै पनि विदेश पलायन रहर होइन, बाध्यता हो । देशमै रोजगारका अवसर र बिचौलियाविहीन देशको विकास हुन्थ्यो भने स्वदेशका नागरिक विदेश पलायन हुने नभई विदेशका चाहिँ हाम्रो देशमा कसरी छिरौँ भन्ने हुन्थ्यो । विडम्बना ! अयोग्य पात्रहरुले हरेक समय देशलाई कब्जामा लिन सफल भएका कारण यो नियति जनजनले बारम्बार भोगिरहनुपरेको छ । जे–जस्तो भए पनि कुनै पनि बहानामा विदेश पलायन हुन चाहनेहरूले बुझ्नुपर्ने कुराचाहिँ के हो भने, जुनसुकै देशमा बसेको आप्रवासीमाथि कुनै पनि बेला सम्बन्धित देशको प्रशासनले आफ्नो देशको नीति नियम वा आवश्यकता अनुसार नीति नियम परिवर्तन गरेर भए पनि कठोररूपमा प्रस्तुत हुन सक्छ । उदाहरणको लागि अमेरिकामा ट्रम्पको पालामा अमेरिकी न्यायालयले आप्रवासीमाथि ट्रम्प प्रशासनले लिएको निर्णय गलत भएको निर्णय दिँदा पनि वैकल्पिकरूपमा आप्रवासीमाथि अन्य अप्ठ्याराहरू ल्याउने कुराको संकेत गरेर अमेरिकामा ट्रम्प प्रशासन रहेसम्म आप्रवासीहरू अप्ठ्यारोमा परिरहने संकेत गरेको थियो ।

कतिपय अवस्थामा विदेश पलायनसम्बन्धी समाचारलगायतका समाचारहरूलाई आधार मान्दा झन्डै आधा करोडभन्दा पनि बढी खर्च गरेर, त्यसमाथि वर्षौं समय लगाएर सँगसँगै ज्यानकै जोखिम बहन गरी कष्टसाथ अझ पाएसम्म शरणार्थीको रूपमा पनि विदेश पलायन हुनमा फाइदा के छ ? किन युवाहरू आफ्नो पुख्र्यौली सम्पत्तिसमेत सिध्याएर अन्य देशको नक्कली नागरिक बनी शरणार्थी हुन बाध्य छन् ? यो चासोको विषय बनेको छ । न त सरकार यसमा कुनै दिलचस्पी लिन्छ, न त देशका नागरिक समाज र मानवअधिकारवादीहरुले यस किसिमको विकृतिपूर्ण कार्यलाई रोक्ने विषयमा सम्बोधन गर्छन् । वास्तवमा स्रोतका अनुसार विभिन्न कष्ट र जोखिम मोली शरणार्थीको रूपमा विदेश छिर्न सफल भएकाहरुले पनि कथंकदाचित काम पाइहालेको अवस्थामा उनीहरूले मरेर काम गर्दा पनि खान–बस्न र आवश्यक खर्च काटेर मासिक १ लाख रुपियाँ जोगाउन धौ–धौ छ भन्छन् तर ५० लाख रुपियाँ नेपालमा नै लगानी गर्दा पनि आफ्नो खर्च कटाएर मासिक १ लाखभन्दा बढी नै बचत हुन्छ भन्ने कुरा न सरकार सम्झाउन सक्छ, न त यस किसिमको नीति नै बनाउन सक्छ । विदेशमा दोस्रो दर्जाको नागरिक भई बाँच्नु र आफ्नो देशमा आपैmँ पौरख गरेर बाँच्नुमा आकाश–जमिनको फरक हुन्छ भन्ने कुरा युवाहरूलाई सम्झाउन सरकार असफल भएकै हो । यसैको परिणाम हो विदेश पलायनको सन्दर्भमा कैयौँ युवाहरूको सम्पत्ति सकिएको छ । कैयौँले ज्यान गुमाउनुपरेको छ ।

वास्तवमा देशमा देखा परिरहेको यो समस्यालाई रोक्न स्थानीय सरकार जागरुक हुनुको विकल्प छैन । युवाहरूको खर्च हुने पैसा, श्रम सबैलाई जोडेर मासिक न्यूनतम कमाइ विदेशमा कमाएजत्ति नै हुने कुराको उदाहरण दिँदै आवश्यक सहयोग गरी युवाहरूलाई सचेत गराउने कार्य अविलम्ब थालिनुपर्दछ । साथै कानुनको छिद्र अनि विभिन्न देशमा अपनाइने र प्रदान गरिने सुविधाको दुरुपयोग गरी मानव तस्कर गर्नेहरूलाई वर्तमान कानुनमा संशोधन गरेर कार्यवाहीको दायरामा ल्याउन नितान्त आवश्यक भैसकेको छ । यसमा सरकारले ढिला गर्नै हुन्न । युवाहरूले पनि डलर वा अन्य विदेशी मुद्राको मोहजालमा नलागी वास्तविकता बुझेर मात्र अगाडिका पाइला चाल्नु आवश्यक छ, अन्यथा यो क्रम निरन्तर जारी रहिरहने र युवाहरूले दुःख पाउने क्रममा विराम लाग्न सक्दैन ।

बिहान–बेलुकाको छाक टार्न धौ–धौ भएकाहरूले राजनीतिक छिनाझपटीको माध्यमलाई भँजाई आफ्नो हैसियत बनाइसकेका केही चाटुककार र बिचौलियाहरूको अपेक्षा भने सामान्य जनताको भन्दा धेरै फरक हुन सक्छ । नेपालीहरुको वैध÷अवैध विदेश पलायनमा चाटुककार र बिचौलियाहरूको ठूलो भूमिका रहेकोमा विवाद देखिँदैन । यसबारेमा चाटुककारका अपेक्षा र समान्य जनताका अपेक्षालाई पहिचान गरी ध्यान दिएर सरकारले आफ्नो कदमलाई अगाडि बढाउँदै लानुपर्दछ । बिर्सेर पनि चाटुककार र बिचौलियाहरूका अपेक्षाहरूलाई सामान्य जनताको अपेक्षा ठानी कार्य हुन गएमा छोटै अवधिमा सरकारमाथिको विश्वास जनस्तरबाट खस्किन थाल्छ । वास्तविक जनताबाट विश्वास खस्किन थाल्नु भनेको सरकारमात्र असफल हुने होइन, जुन दलको हैसियत बोकेर सरकारमा प्रतिनिधित्व गरेको हो सो दलको हैसियत पनि खस्किन जानु हो । वास्तविक जनअपेक्षालाई सम्बोधन गर्नुको सट्टा आफ्ना वरपरका व्यक्तिहरूका अपेक्षाहरूलाई मात्रै ध्यान दिएर सरकार चलाएको कारणले गणतन्त्रमा जुन दलले सरकार चलाए पनि सरकारमात्र आलोच्य बनेन, पुरानो इतिहास बोकेका भनिने सबै दलहरुको हैसियत पनि खस्किन पुगेकोमा सबै दलका नेता तथा प्रतिनिधिहरु जानकार छन् तर सुधार्न कोही कम्मर कसेर लागिपरेका छैनन् ।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्