उच्च शिक्षामा आकर्षित गर्न १६० जना छात्राहरुलाई साइकल वितरण 



सिन्धुली । 

 सिन्धुलीको मरिण गाउँपालिकाले कक्षा ११ मा पढ्दै गरेका छात्राहरुलाई शनिवार साइकल वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर ४ को माबि खयरसाल र वडा नम्बर ६ को कपिलाकोट माविमा कक्षा ११ मा पढ्दै गरेका १६० जना छात्राहरुलाई साइकल वितरण गरेको हो ।

एसइई दिएपछि बिचैमा पढाई छोड्ने छात्राहरुको पढाईलाई निरन्तरता गराउन कक्षा ११ मा भर्ना भई पढ्दै गरेकाहरुलाई साइकल वितरण गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो ।

 शनिवार एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले छात्राहरुलाई साइकल वितरण गर्नुभएको हो । गाउँपालिकाले साइकल दिएपछि क्याम्पस आउन जान सहज हुने भन्दै छात्राहरु खुसी भएका छन् ।

 साइकल वितरण गर्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले गाउँपालिकाले दिएको साइकलले छात्राहरुलाई उच्च शिक्षा पढ्नका लागि हौसला बढाउने बताउनुभयो । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले अब देखि प्रत्येक वर्ष कक्षा ११ मा भर्ना हुने छात्राहरुलाई साइकल वितरण गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्