२१ विद्यालयका ४ सय ५० विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान



ललितपुर ।

 लुनिभाः वाल सरोकार समूहले २१ विद्यालयका ४ सय ५० बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । ललितपुरका शनिबार आयोजित कार्यक्रममा ललितपुर क्षेत्र नं–३ ख का प्रदेश सभा सदस्य प्रेमभक्त महर्जनले सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

 लुनिभाःको वार्षिक भेलामा २१ विद्यालयका ४ सय ५० गरिब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । संस्थाले वार्षिक भेला आयोजना गरी शैक्षिक सहायता कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण गरेको हो ।

 कार्यक्रममा बोल्दै प्रमुख अतिथि ललितपुर प्रदेश सांसद महर्जनले बालबालिकाको शैक्षिक उन्नयनको लागि लुःनिभाःले उल्लेखनीय योगदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो–विपन्न बालबालिकालाई सहयोग गर्नु सबैको कर्तव्य हो, लुनिभाले सो कर्तव्य पुरा गरेको छ । २५ वर्ष अघि स्थापना भएको संस्थाले सयौँ बालबालिकालाई गरेको सहयोग प्रशंसनीय रहेको उहाँको भनाई थियो ।

 प्रदेश सरकार र मेरो तर्फबाट संस्था र बालबालिकाको हितको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
फरक प्रशंगमा उहाँले आदर्श शौल युवक माविलाई प्रदेश सरकार र आफ्नो तर्फबाट बजेट व्यवस्थापन गर्ने बताउनुभयो । भन्नुभयो–आदर्श शौल कलेजका अध्यक्ष समेत रहनुभएका उहाँले निकट भविष्यमै स्नातक र स्नातकोत्तर तह सञ्चालन गर्ने बताउनुभयो । खोकना,वुंगमती र भैसेपाटी लक्षित विद्यार्थीका लागि स्थापना गरेको सो विद्यालयमा सबै तहमा गरी करिब ३ हजार विद्यार्थी अध्ययन गरिरहेको बताउनुभयो । प्रदेश सांसद महर्जन सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ ।

 कार्यक्रममा बोल्दै आदर्श शौल युवक माविका प्रअ ज्ञानभक्त महर्जनले लुनिभाले गरेको कामको प्रशंसा गर्दै यस किसिमको सहयोग निरन्तर जारी राख्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक संकटको कारण अभिभावकलाई ठुलो समस्या परेको उल्लेख गर्दै त्यसको असर यो विद्यालयमा समेत परेको उल्लेख गर्नुभयो । शैक्षिक सामग्री मात्र नभै छात्रवृत्ति कार्यक्रमलाई अघि बढाउन आग्रह गर्नुभयो ।

 कार्यक्रममा लुनिभाका कार्यकारी निर्देशक नरेन्द्र डंगोलले संस्थाले मुलुकको दुर्गम जिल्लाका बालबालिका लक्षित कार्यक्रम सञ्चालन जारी राखेको बताउनुभयो । उहाँले भन्नुभयो–हामीले गरिब, जेहेन्दार र आर्थिक अवस्था अत्यन्तै कमजोर विद्यार्थीलाई छात्रवृत्ति दिएका छौ , उनीहरुलाई शैक्षिक सामग्री समेत हस्तान्तरण गरेका छौ । एसइई उत्तीर्ण करिब १ सय ५० बढी विद्यार्थीलाई छात्रवृत्ति दिएको उल्लेख गर्दै विद्यार्थी लक्षित कार्यक्रमलाई थप व्यवस्थित गरेको बताउनुभयो ।

लुनिभाका कार्यक्रम व्यवस्थापक सन्तराम डंगोलले २५ वर्षअघि स्थापना भएको संस्थाले सयौँ बालबालिकाको शैक्षिक उन्नयनमा सहयोग जारी राखेको बताउनुभयो । उहाँले भन्नुभयो–हामीले दुर्गम जिल्लाका बालबालिकालाई निःशुल्क पढाएका छौ, उनीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छौ । सन् १९९७मा स्थापना भएको लनिभाले निरन्तर सहयोग जारी राखेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्