टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीय आन्दोलित



उदयपुर।

उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट एक बालिकाको ज्यान गएपछि स्थानीय आन्दोलित भएका छन् । आन्दोलित स्थानीयले टिपरमा आगजनी गरेका हुन् ।

मधेश प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको टिपरको ठक्करले स्थानीय नवराज रानामगरकी ४ वर्षीया छोरी एन्जिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मदन भण्डारी राजर्माग हुँदै बेल्टारबाट रामपुरतर्फ जाँदै गरेको टिपरले बालिकालाई मदन भण्डारी राजमार्ग अन्तर्गत बेल्टारबाटमा दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

घटनापछि टिपर र चालक कटारी नगरपालिका–२ का २३ वर्षीय टुकराज तामाङलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ ।

टिपरको ठक्करले बालिकको मृत्यु भएपछि आन्दोलित स्थानीयले मदन भण्डारी राजर्माग हुँदै पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश–२–०१–००१ क ००२४ को अर्को टिपरमाथि आगजनी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्