शुक्रबार सुनकाे मूल्य घट्याे, प्रतितालाे कति पुग्याे ?



काठमाडौं ।

सुनको भाउ शुक्रबार पनि घटेकाे छ।

शुक्रबार  सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

शुक्रबार पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ नै कायम भएको छ। बिहीबार पनि भाउ स्थिर रहँदै चाँदी १ हजार ३७० रुपैयाँमै कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्