एउटा नयाँ शुरुवात



कोभिड तथा अनेकन् समस्याका दृष्टिकोणले धेरै कुरा भएको छ । एक हिसाबमा यो एउटा नयाँ शुरुवात हो । यो नवीन आरम्भमा हामीले भुल्नै नहुने कुरा के हो भने धेरै मानिस अब यो संसारबाट बिदा भइसकेका छन् । हामीले तिनलाई फर्काउन त सक्दैनौँ । तथापि, तिनलाई हामीले आफ्नो सम्झनामा जीवित राख्न सक्छौँ । अब अघि बढ्नुपर्ने आवश्यकता छ । यो संसारमा विभिन्न कुराहरू– सुख, दुःख, राजनीतिक दलहरूदेखि सैनिक व्यवस्था आदि छन् । रुख छन्, बिरुवा छन्, जनावर छन् तर तपाईँ पनि हुनुहुन्छ । तपाईँ जीवित हुनुहुन्छ । सबैभन्दा ठूलो कुरा नै तपाईँ जीवित हुनुहुन्छ । यद्यपि, तपाईँका लागि तपाईँ जीवित रहनुको अस्तित्व के रहन्छ । सबैमा एउटा धारणा छ । हामी आफ्नो जीवनलाई फेरि प्राप्त गर्न सक्छौँ भने जसरी जिउँछौँ । यसको कुनै प्रमाण छैन तर सबैमा धारणा छ । यसको कुनै प्रमाण छैन । हामी जन्मेपछि हाम्रो जन्मदर्ताको प्रमाणपत्र बनाइन्छ । ‘हामी पहिला यहाँ थियौँ र अहिले फेरि यहीँ नै आएका छौँ’ भन्ने कुराको कुनै पनि प्रमाण छैन ।

हामी फेरि फर्केर आउँछौँ भने जसरी हामीले हाम्रो जीवन जिइरहेका छौँ । मूल कुरा हामी अघि बढ्नुपर्छ । अघि बढेपछि त्यसको पनि आफ्नै चुनौती हुन्छ । वास्तवमा मानिसहरूले धेरै कुरा सिकेका पनि छन् । तथापि, अघि बढ्ने कुरामा सोच–विचार गर्नु अत्यावश्यक छ । पहिला जीवन जसरी चलिरहेको थियो त्यसरी होइन । आपूmसँगै रहने काम सजिलो हुँदैन । जीवन जसरी व्यतीत गरिरहनुभएको थियो त्यसबाट के फाइदा भयो ? थोरै मात्र भारी बोकिएको त थिएन नै । सकेसम्मको बोझलाई बोकिएको थियो । ‘मेरो त्यस कुराको के होला, यस कुराको के होला ! त्यो सबै सकियो ! मेरो जागिरको के हुन्छ ? त्यो पनि सकियो ।’ यो अघि बढ्ने अवसर हो । यदि अघि बढ्ने हो भने गह्रौँ बोझलाई उठाउनुहुँदैन । थोरै मात्रै बोक्नुपर्छ, किनभने गर्दन सीधा हुनुपर्छ, बाङ्गिनुहुँदैन ।

आइसक्रिमको कुरा पनि केही विशेष छ । पहिलो कुरा त त्यो खानलाई मीठो हुन्छ । अनि, गर्मीको समयमा झनै मीठो हुन्छ । तर, त्यसमा एउटा समस्या पनि छ । त्यो समस्या के हो भने यदि तपाईँ बाहिर हुनुहुन्छ या फ्रिज (रेफ्रिजेरेटर) छैन भने तपाईँले त्यसलाई दुई घण्टापछि खान्छु भन्न गाह्रो हुन्छ । त्यो चीज हातमा पर्नासाथ तुरुन्तै खानुपर्ने हुन्छ । तपाईँ जति धेरै आइसक्रिमको कदर गर्नुहुन्छ नि यदि आफ्नो जीवनको कदर पनि त्यसरी नै गर्नुभएको भए तपाईँ कहाँबाट कहाँ पुगिसक्नुहुन्थ्यो । यो जीवनरूपी आइसक्रिम पग्लिरहेको छ तर तपाईँलाई यसको वास्ता नै छैन । दुई घण्टापछि खाऊँला भने जसरी तपाईँ जीवन बिताइरहनुभएको छ । तपाईँलाई राम्रोसँग थाहा हुनुपर्छ– दुई घण्टापछि यो खानलायक नै रहँदैन ।

के बुझ्नुहोस् भने जाँतो त घुमिरहेको छ । केवल कुनै कारणले तपाईँ यो जाँतोबाट अलिकति जोगिएर रहनुभएको छ । केही समयसम्मका लागि । जान्नुभयो, बुझ्नुभयो भने त जोगिरहनुहुन्छ । नत्र त फर्केर त्यही जाँतोमा पिसिनुपर्छ । आफ्नो जीवनतिर ध्यान दिनुहोस् । के गरिरहनुभएको छ भन्ने कुरामा ध्यान दिनुहोस् । आजको दिनमा ध्यान दिनुहोस् । तपाईँले प्राप्त गर्नुभएको हरेक क्षणमा एकाग्र हुनुहोस् । यदि तपाईँले ध्यान दिनुभयो भने तपाईँको जीवन सफल हुनेछ ।

यो संसारमा शान्तिको चाहना राख्ने मानिसहरू धेरै छन् । तर के भइरहेको छ ? लडाइँ भइरहेको छ । यदि यसैलाई ‘मानिसको प्रकृति हो’ भन्ने हो भने यो कुरा गलत हुन्छ । सत्यको पनि केही अस्तित्व हुन्छ । हाम्रो समाजले यदि त्यो सत्यलाई बेवास्ता गर्न थाल्यो भने धेरै ठूलो समस्या हुन्छ । सत्य के हो ? सत्य त यो श्वास हो । यो तपाईँभित्र आइरहेको छ अनि गइरहेको छ । यो सत्य हो । तथापि, तपाईँ यस कुरालाई सत्य मान्न तयार हुनुहुन्न । बरु तपाईँ त यसलाई पनि झुट नै मान्नुहुन्छ । तर, जुन दिन यसले आउन छोड्छ नि त्यस दिन तपाईँलाई यो चीज कति सत्य हो भन्ने कुरा थाहा हुनेछ । किनभने, यसको अभावमा तपाईँ केही पनि होइन ।

सबै जना आफ्नो निजी फाइदामा लागिरहेका छन् । जसलाई जे भन्न मन लाग्छ भनिरहेकै छन् । यदि सबैजसो आफ्नो फाइदाका लागि लागिरहेका छन् भने त तपाईँ पनि आफ्नो फाइदाका लागि लाग्नुहोस् । तपाईँको हित केमा छ ? तपाईँले केही कुरा त यो कोरोनाकालबाट पनि सिक्नुभएको छ । यसलाई अघि राखेर हिँड्नुहोस् । आफ्नो जीवनलाई सुधार गर्नुहोस् । यसमा आनन्द ल्याउनुहोस् । आफ्नो जीवनलाई सफल बनाउनुहोस् । आफ्नो भलाइ गर्नतिर लाग्नुहोस् । यदि तपाईँले यसो गर्नुभयो भने तपाईँ यो संसारमा आउनुको कुनै सार्थकता रह्यो, तपाईँ जीवित हुनुको कुनै महत्त्व रह्यो । अनि, यसको साक्षी को हुन्छ त ? अरू कोही हुँदैन, तपाईँ नै हुनुहुन्छ । आपूmले आपूmलाई चिन्नुहोस्, पहिचान गर्नुहोस् । आफ्नो अवस्थालाई होइन, आपूmले आपूmलाई चिन्नुहोस् ।

शान्ति के हो– यस कुरालाई बुझ्नका लागि सबैभन्दा पहिला के कुरा बुझ्नु आवश्यक छ भने मानिसहरू शान्तिलाई कसरी परिभाषित गरिरहेका छन् ! केवल शान्तिको परिभाषामात्रै शान्ति होइन । शान्ति खोज्ने क्रममा मानिसहरू शान्तिसम्बन्धी आफ्नो परिभाषालाई अघि सार्ने गर्दछन् । त्यो शान्ति होइन । शान्ति परिभाषाबाट बुझ्ने कुरा होइन । शान्ति त अनुभव गर्ने कुरा हो । शान्तिको सम्बन्ध केवल एकजनासँग छ, त्यो हो– मानिस । अनि, शान्ति उसभित्र छ ! यदि तपाईँले यस कुरालाई स्वीकार गर्नुभयो भने तपाईँ शान्तिको पथमा हिँड्न थाल्नुभयो । यो संसारमा आपूmभित्र शान्तिको सम्भाव्यता नभएको व्यक्ति कोही पनि छैन । चाहे उसले जस्तोसुकै कर्म गरेको भए पनि त्यो शान्ति उसभित्र नै हुन्छ । यसको अर्थ बाहिरको परिस्थिति जस्तोसुकै भए पनि शान्ति तपाईँभित्र नै विद्यमान हुन्छ ।

शान्ति कस्तो चीज हो भने मानिसभित्र आँधीबेहरी आइरहँदा पनि त्यसबाट निस्केर उसले आपूmभित्र शान्तिको अनुभव गर्न सक्छ । यो सारा संसारलाई सञ्चालन गर्ने त्यो शक्ति, त्यो तागत यो समयमा पनि हामीभित्रै छ । त्यसलाई अनुभव गर्नुपर्छ, प्रत्यक्ष अनुभव गर्नुपर्छ– मनबाट होइन, विचारले होइन, प्रत्यक्षरूपमा अनुभव गर्नुपर्छ । त्यसपछि शान्ति जागृत हुन्छ । किनकि, यस्तो अवस्थामा मानिसले त्यस चीजको अनुभव गरिरहेको हुन्छ जसको ऊ एउटा अंश पनि हो । त्यसको कुनै सीमा हुँदैन । जसको कहिल्यै नाश नै हुँदैन ती पनि उसभित्रै छन् । जबसम्म उसले त्यसको अनुभव गर्दैन तबसम्म उसले ‘ऊ को हो’ भनेर पूर्णरूपमा पहिचान गर्न सक्दैन ।

मानिसहरूको के बुझाइ छ भने हामी वृद्ध भएपछि, जागिरबाट अवकाश लिएपछि शान्तिका बारेमा सोच्नुपर्छ । तर, समृद्धि अर्थात् प्रगति भनेको त पैसा होस्, स्वास्थ्य होस् अनि शान्ति पनि होस् ! शान्तिको अभावमा समृद्धि अधुरो हुन्छ । शान्तिले जीवन जिउन सिकाउँछ । हृदयलाई खोल्नु शान्ति हो ! आपूmले आपूmलाई चिन्नु नै शान्ति हो ! मानिस जहाँसुकै बस्ने व्यक्ति भए पनि उसलाई शान्तिको आवश्यकता पर्दछ ।

कुरा के हो भने तपाईँको जीवनमा खुशी पनि आउँछ, तपाईँको जीवनमा सुख पनि प्राप्त हुन्छ, तपाईँको जीवनमा शान्ति पनि छ । तर, तपाईँको अप्ठ्यारो र द्विविधातिर नै तपाईँको ध्यान केन्द्रित रहन्छ । यद्यपि हेर्ने हो भने तपाईँमा दुवै सम्भावना छन् । तपाईँको जीवनमा खुशीको सम्भावना पनि छ र शान्तिको सम्भावना पनि छ । तपाईँको जीवनमा यो त सृष्टिकर्ताको आशीर्वाद हो । उनले तपाईँलाई के आशीर्वाद दिएका छन् भने तपाईँले चाहनुभयो भने तपाईँ खुशी रहन सक्नुहुन्छ अनि आफ्नो जीवनमा शान्तिको अनुभव गर्न पनि सक्नुहुन्छ । यो सम्भव छ । अनि, यति मात्रै होइन यदि तपाईँ अशान्त रहन चाहनुहुन्छ भने तपाईँ अशान्त पनि रहन सक्नुहुन्छ । दुवै सम्भावनालाई राखिएको छ ।

तर, मानिस हुनुको नाताले हामीलाई यो कुरा थाहा छ– जब हाम्रो जीवनमा शान्ति हुन थाल्छ तब हामीलाई राम्रो लाग्छ । जब हामी खुशी हुन्छौँ तब हामीलाई राम्रो लाग्छ । हामीलाई कति राम्रो मौका मिलेको छ, हामीलाई कति उत्कृष्ट समय प्राप्त भएको छ, किनभने यो संसारमा हामी जीवित छौँ । जब यस्ता भावनाहरू हामीमा उत्पन्न हुन्छन् भने हामीलाई राम्रो लाग्छ । यसकारण हामीलाई खुशी लाग्छ । तथापि, सबैको द्विविधा के छ भने ‘म आफ्ना अप्ठ्याराबाट कसरी बच्न सक्छु ?’

कतिपय मानिसले के भन्छन् भने ‘मभित्र शान्ति छ भन्ने कुरा म कसरी थाहा पाउन सक्छु !’ हामी एउटा कुरालाई बिर्सन्छौँ, त्यो के हो भने यो आँखाले हामी सबैको अनुहार देख्न सक्छौँ तर आफ्नै अनुहारलाई देख्न सक्दैनौँ । यदि आफ्नो अनुहारलाई हेर्न चाह्यौँ भने यसका लागि ऐनाको आवश्यकता पर्दछ । यसरी नै शान्तिका लागि तपाईँले केही न केही गर्नै पर्छ । पहिलो खुट्किलो शान्तिका लागि ‘शान्ति मभित्र छ’ भन्ने नै हो ! शान्तिलाई मैले आपैmँभित्र खोज्नुपर्छ, बाहिर होइन । वास्तविक शान्ति मानिसभित्रै छ । आपूmले आपूmलाई चिन्ने, आपूmले आपूmलाई जान्ने कुराको सम्बन्ध त्यस शान्तिसँग छ । वास्तवमा यो सम्भावना हरेक मानिसमा छ । जब मानिसले त्यो शान्तिको अनुभव गर्न थाल्छ त्यसपछि उसले बुझ्न थाल्छ– ‘यो मेरो प्रकृति हो, म यो हुँ !’ त्यसपछि कुनै कुरालाई परिवर्तन गर्नुपर्ने आवश्यकता पर्दैन ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्