तेस्रो अन्नपूर्ण म्याराथनको तयारी अन्तिम चरणमा



कास्की ।

‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ वि.सं. २०७४ सालदेखि आरम्भ गरिएको विश्वकैचर्चित ‘तेस्रो अन्नपूर्ण म्याराथन/अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ।

सो बारे जानकारी दिन आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले एक पत्रकार सम्मेलन गरी तेश्रो अन्नपूर्णम्याराथन/अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८० को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
अन्नपूर्णआधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धन गर्न पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दैआएको बताउँदै संयोजक ललित गुरुङले गत वर्षहरुमा प्रतिकूल परिस्थितिका कारण कोभिडका कारणकार्यक्रम स्थगन भए पनि यस वर्ष पूर्वनिर्धारित समयानुसार नै कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।

विविध साँस्कृतिक कार्यक्रमसहित यहि जेठ १७ देखि २० गते सम्म आयोजना हुने म्याराथन संगै महोत्सवकाबारेमा जानकारी दिंदै संयोजक गुरुङले बिहिबार सम्ममा म्याराथनतर्फ ४ विदेशीसहित २५ जनाले नाम दर्तागराएका छन् ।

महिला तथा पुरुष दुबैतर्फका लागि हुने म्याराथन पुरुष तर्फ पहिलो, दोश्रो र तेश्रोहुनेले क्रमश नगद १ लाख५० हजार, १ लाख र ७५ हजार प्राप्त गर्नेछन् । त्यसै गरी महिलातर्फका विजेताले ७५ हजार, ५० हजार र २५हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । पुरुषतर्फ दर्ता शुल्क ७ हजार रमहिलातर्फ ५ हजार तोकिएको छ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा अन्नपूर्ण आरोहण दिवस अर्थात् अन्नपूर्ण डे को अवसरमा वि.स. २०७५सालदेखि आरम्भ गरिएको म्याराथन गत वर्ष कोभिड–१९ का कारण हुन सकेको थिएन । अन्नपूर्ण म्याराथनजेठ २० गते अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आई समापनहुने गरी म्याराथन रुट कायम गरिएको छ ।

विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथमहिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानीराखेको सन्दर्भमा उक्त दिनलाई “अन्नपूर्ण आरोहण दिवस” मनाउने गरिन्छ । सोही दिनको सम्झनामा अन्नपूर्णम्याराथन हुने भएकाले यसको छुट्टै ऐतिहासिक गरिमा रहेको संयोजक गुरुङले बताए ।

अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न यसवर्षदेखि अल्टिमेट एडभन्चरले प्राविधिकसहयोग गर्ने भएको छ । अन्नपूर्ण म्याराथनमा पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमाललेजितेका थिए भने दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाटले जितेका थिए ।

यस्तै महोत्सव अन्तर्गत हुने गाउँपालिकास्तरिय पुरुष भलिबलमा विजेता टोलीले नगद ८० हजार र उपविजेतालेनगद ५० हजार प्राप्त गर्नेछन् भने खुल्ला पुरुष बास्केटबल तर्फका विजेताले नगद रु ८० हजार र ५० हजारकासाथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अन्नपूर्ण म्याराथन/अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८० सम्पन्न गर्नका लागि करिब ८० लाख रुपियाँ लाग्नेअनुमान आयोजकले गरेको छ । सो कार्यक्रमका लागि अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, छोम्रोङपर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन (एक्याप)/राष्ट्रिय प्रकृति संरक्षण कोष, घान्द्रुकपर्यटन व्यवस्थापन समिति, टाँडापानी पर्यटन व्यवस्थापन समिति, खेलकूद मन्त्रालय, अन्नपूर्ण काठमाडौंसमाज नेपाल, गुरु आनन्द फाउन्डेशन सहितका अन्य पर्यटनसँग सम्बन्धित संघसंस्थाले सहयोग गर्ने भएका छन्।

महोत्सव सम्पन्न गर्न ५०१ सदस्यीय रहेको मुल व्यवस्थापन समिति, ३१ वटा विभिन्न उपसमिति गठन गरिएकोघान्द्रुक होटल व्यवस्थापन समितिका अध्यक्ष बिक्रम गुरुङले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्