‘आरजु–मञ्जुहरु कहिले पुलिस जुमा’ भन्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)



काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु आरजु राणा र मञ्जु खाँडलगायतलाई पक्राउ नगरेको भन्दै प्रदर्शन भएको छ ।

काठमाडौंमा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लगायत भातृ संस्थाहरुले गरेका भ्रष्टचार विराेधी प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई हदैसम्म कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।

उनीहरुले सरकारले जारी अनुसन्धानलाई टुंग्याउनु पर्ने भन्दै दबाब स्वरुप प्रदर्शन गरेको जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्