माइतीघरमा शिक्षक र कर्मचारीको प्रदर्शन (फोटो फिचर)



कामठाडौं ।

शिक्षकहरु शिक्षा क्षेत्रको समस्या समाधान गर्न संघीय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा नेपाल शिक्षक महासंघको अगुवाइमा विभिन्न १४ संघसंगठनका शिक्षक तथा कर्मचारीले संघीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब सृजना गर्न प्रदर्शन गरेका हुन् ।

संघीय शिक्षा ऐन ल्याउनुपर्ने, न्यून बेतनमा काम गरिरहेका बालकक्षा शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर शिक्षक, कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्