नक्कली भुटानी शरणार्थी प्रकरणमा लेखिएको मनोवाद- कठै बरा ! माइलो कता गयो, यतिका दिन के खाए होला ?



 नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, सचिव लगायत उच्चतहका व्यक्तिहरु अनुसन्धानकालागि भन्दै तानिएका छन् । पूर्व उपप्रधान तथा उर्जामन्त्री समेत रहेका एमाले नेता टाेपबहादुर रायमाझी फरार सूचीमा छन् । रायमाझी फरार रहेकाे विषयले अहिले बजार तताएकाे छ भने सामाजिक सञ्जालमा समेत उनकाे कडा आलाेचनात्मक टिप्पणाीहरु आइरहेका छन् । साेही सन्दर्भमा रहेर सामाजिक सञ्जालमा पत्रकार राजु श्रेष्ठले एक व्यङ्ग्यात्मक कथा लेख्नुभएकाे छ ।

उहाँकाे कथा यस्ताे छ :

कठै बरा ! माइलाे कता गयाे, के खायाे हाेला ?
यतिका दिन भयाे, माइलाे अर्घाबाट हिँडेकाे अझै ठाममा पुगेकाे छैन रे ! बाटाेमा बिरामी पर्याे रे भन्ने गाईगुँई पनि सुनिन्छ । यहाँबाट उ चढेर गएको राताे घाेडा पनि रित्तै नेपाल खाल्डोमा पुग्याे रे । उ कहाँ गयाे हाेला ! उतिबेला नुन बाेक्न सालझण्डी जाने बाटाेमा माेटर गुडाउनी भन्थ्याे । डाेहाेटे-सालझण्डीकाे जंगल ठूलाे छ, पाइखाना गर्न गएको बेला घाेडाले छाेडेर हिँड्याे कि ? घाेडाले छाेडे पनि सँगै गएको मुखियाले साथ नछाडेकाे भए हुन्थ्याे । यत्राे जंगलमा बाटाे बिरायाे कि !

आँ … उ बेला १०/११ वर्षसम्म जंगलमा नै त बसेकाे हाे नि , बेला बेलामा प्रदेशमा ससुराललाई भेट्न जानेबाहेक त्यतैतिर छु भन्थ्याे । त्यसै गए त खाेलापारी ससुराली त हाे नि । यसाे उता गए खस्याैलीमा साढु भाइ, अलि पर गए मीत बा छन् । अस्ति मीत बा सित काम छ त भन्थ्याे । उनले पनि थाहा छैन भनेर भने भन्ने कुरा चुत्राफेदीकाे बिर्खेले भन्थ्याे । पुराना दाैँतरी छाेडेर नयाँ साइनाे लगाउँदै थ्याे । के भयाे के । मान्य सान्य भएको पनि कस्ताे हुस्सु भएछ । न घराँ खबर गर्नु छ, न अफिसा, न पुलिसका ! यसरी बेपत्ता भएर हुन्छ ?

यतिका दिन बिरामी भएको भए औषधिमुलाे के गरे हाेला, के खाए हाेला , कपडा पनि थाेरै थ्याे । चर्काे घाममा त्याे निलाे काेटले कति पाेल्याे हाेला ! खर्च पर्च थियो कि थिएन। कमाएकाे पनि कहाँ लुकाउँछ कहाँ । उतिखेर बुहारीले फुर्मास धेरै गरि भन्ने हाल्ला थ्याे । यिनै अर्घा भगवतीलाई थाहा हाेला ! अब त अपिसले पनि तनखा राेक्छ रे, बैंकमा भएको पनि निकाल्न पाइदैन रे, सापटी त दिने कुरै भएन । दिएकाले माग्न घरमै आउन थाले कति जनासित पैसा लिएको रहेछ, माेराले !

२०४६ सालमा प्याले (जन्डिसले थलिएकाे बेलामा त वीर अस्पतालबाट हाम फालेर आएकाे माइलाे अहिलेकाे माेबाइलका जमानामा हरायाे भनेर कसरी पत्याउनु । त्याे माेरा कि ससुराली छ, कि मित बाले कतै पठाए कि ? औषधि मुलाे गर्न गएकाे धामीझाँक्री, व‌ैद्य, डाक्टर कस्का रहेछ, थाहा पाए भेट्न जान हुन्थ्याे । नाति केटाे पनि ठानामा छरे !
हरि शरणार्थीयम्
सुपादेउराली माई माइलाे केटाे खाेजी देउ ।

(कथाका पात्र काल्पनिक हुन्, कसैसँग मेल खाएमा संयाेग मात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्