संगीतमा आयो चमेरो



गायकद्वय दिनेश भण्डारी र आशिष पोखरेल तथा गायिकाद्वय सरिता अधिकारी र पार्वती बानिया™को स्वरमा चमेरो बोलको नयाँ लोक दोहोरी गीत हालै सार्वजनिक भएको छ।

राजेन्द्र भण्डारीको संगीत रहेको गीतमा राजेन्द्रका साथ गायक दिनेशको शब्द रचना रहेको छ। मेनुका डिजिटल युट्युब च्यानलमार्फत भिडियोसहित रिलिज गरिएको गीतमाथि बनेको आकर्षक भिडियोमा गायिका पार्वतीको साथमा मोडल कुमार सुनेलले अभिनय गरेका छन्। रोधीघरको झल्को मेटाउने आकर्षक सेटिध्रमा छायांकन गरिएको म्युजिक भिडियोमा गायक दिनेश लगायतलाई प्रस्तुत गरिएको छ। विशाल मुभिज प्रालिको दृश्य निर्माण रहेको गीतको भिडियोमा हुम गैह्रेको निर्देशन र सम्पादन तथा रोनिश तामाङको छायांकन रहेको छ।

लामो समयदेखि गायनमा सक्रिय दिनेशको यसअघि जाईफूलको बासना बोलको गीत सर्वाधिक चर्चामा रहेको थियो। करिब डेढ दशकअघिको उक्त गीत पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा समेत चर्चामा छ। जाईफूलको माला गाँसेर, तिमी सुन्दरी, बसमा छैन मनलगायतका गीतमार्फत लोक गीत संगीत पारखीको मनमा बस्न सफल उनी लाइभ दोहोरीमा समेत सक्रिय छन्।

प्रतिक्रिया दिनुहोस्