
काठमाडौँ।
नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) दिने निर्णय गरेको छ । बोर्डको आज (सोमबार) बिहान बसेको संचालक समितिको बैठकले आवेदन दिएका ४५ मध्ये १६ वटा कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो । यससँगै अब यी कम्पनीले बोर्डले तोकेको मापदण्ड पुर्याई पूर्वाधार तयार पारेपछि ब्रोकर लाईसेन्स पाउने छन् ।
एलओआई पाउनेमा स्टक डिलरको रुपमा आवेदन दिएको नबिल सेक्युरिटिज र पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि आवेदन दिएको मेघा स्टक मार्केट रहेको छ । बाँकि १४ वटा भने सिमित कार्य गर्ने ब्रोकर कम्पनी रहेका छन् ।
यस्तो छ सूची :
१. नबिल सेक्युरिटिज – धितोपत्र ब्यापारी
२. मेघा स्टक मार्केट – पूर्ण कार्य गर्ने धितोपत्र दलाल
३. हिमालयन ब्रोकेज कम्पनी – सिमित कार्य गर्ने धितोपत्र दलाल
४. सीबिआईएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
५. केबीएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
६. एनएमबि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
७. आरविवि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
८. सानिमा सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
९. इन्डेक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१०. सन् सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
११. क्यापिटल म्याक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१२. भोले गणेश सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१३. इन्फिनिटी सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१४. आकाश भैरव सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१५. एलिट स्टक हाउस – सिमित कार्य गर्ने धितोपत्र दलाल
१६. एसपीएसएस सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल