वसन्तपुरमा भुमरी



लागूपदार्थ दुव्र्यसनी तथा मादक पदार्थ सेवनबाट कुलतमा फसेका युवाको कथालाई लिएर राजधानीको वसन्तपुरमा भुमरी नामक नाटक प्रदर्शन गरिएको छ।

नाटकले कुलतबाट कसरी मुक्ति पाउने भन्ने सन्देश दिएको छ। रंगकर्मी तथा कलाकार घनश्याम गौतमको लेखन तथा निर्देशन रहेको नाटकमा नमस्ते दिवाकर घिमिरे, सरिता राजोपाध्याय, युगज्योति क्रियाशील, आईपी आचार्य, टीकाराम आचार्य, सुरज खड्का, द्रोणप्रसाद आचार्य (केपी) अर्जुन कटवाल र घनश्याम गौतमलगायतका कलाकारले अभिनय गरेका थिए।

उद्धार नेपालको आयोजना तथा कारितास नेपालको सहकार्यमा तयार पारिएको नाटकले विद्यालयका विद्यार्थी कुलतमा कसरी फस्छन् र कुलतमा फसेपछि कसरी उद्धार गर्ने तथा नयाँ जीवन कसरी जिउन सकिन्छ भन्ने विषयलाई मार्मिक ढंगले प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्