बारा-२ मा जसपाका अध्यक्ष उपेन्द्रले कटाए १५ हजार मत



बारा ।

बारा क्षेत्र नं. २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले १५ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार यादवले १५ हजार १८३ मत पाएका छन् ।

यादवले जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाभन्दा चार हजार ८१३ मतले अग्रता बनाएका छन् । जनमतका कुशवाहाले १० हजार तीन सय ७० मत प्राप्त गरेका छन् । यादवलाई पछ्याईरहेका कुशवाहाले फराकिलो मतान्तर भने घटाउन सकेका छैनन् ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले पाँच हजार कटाएका छन् । उनले पाँच हजार २७ मत पाएका छन् । यस्तै रास्वपाका उम्मेदवार रमेश खरेलले दुई हजार ९५ मत प्राप्त गर्दा आम जनता पार्टीका अरुण ज्ञवालीले एक हजार सात सय ८६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्