ईपीएसकी कृपासँगै नेसनल एकेडेमीकी सोनु राइजिङ स्टार



क्रियटिभ वल्र्ड नेपालको आयोजनामा हालै राजधानीमा सम्पन्न बालबाकिालकामा अन्र्तनिहीत प्रतिभामूलक स्पर्धा सातौं संस्करणको प्रभु बैंक राइजिङ स्टार प्रतियोगितामा जुनियरतर्पm ईपीएस स्कुल, मीनभवनमा कक्षा ५ मा अध्ययनरत कृपा गौतम र सिनियरतर्पm नेसनल एकेडेमी, शंखमुलमा कक्षा ७ मा अध्ययनरत सोनु महतारा विजयी भएका छन्।

जमलस्थित राष्टिझय नाचघरमा सम्पन्न प्रतियोगितामा विजेताद्वयले पुरस्कारसहित जनही नगद ५० हजारको चेकसहित अवार्ड, क्राउन र विभिन्न उपहार प्राप्त गरेका छन्। विजेताद्वयले मस्ट ट्यालेन्टेड अवार्डलाई पनि आप्mनो बनाएका छन्। प्रतियोेगिताको जुनियरतर्पm पवन प्रकृति हाईस्कुल, इमाडोलमा कक्षा ५ मा अध्ययनरत आकृति खापुङ फस्ट र इडनब्रिज एकेडेमी, धापासीमा कक्षा ३ मा अध्ययनरत आलियाना अलि सेकेन्ड रनर्सअप भएका छन् भने सिनियरतर्फ ग्रामर पब्लिक स्कुलमा कक्षा ७ मा अध्ययनरत सृजा शाह फस्ट र केएमसी स्कुल, कक्षा ९ मा अध्ययनरत एरिका अधिकारी सेकेन्ड रनर्सअप भएका छन्। प्याब्सन काठमाडौंको सहकार्यमा सम्पन्न प्रतियोगितामा राजधानीका विभिन्न स्कुलमा अध्ययन गर्ने कक्षा २ देखि ९ सम्मका ८७ बिद्यार्थी चरणबद्ध अडिसन राउन्डबाट छनोट भएर अन्तिम प्रतिस्पर्धाका लागि सहभागी भएका थिए। कार्यक्रममा टप थ्रीदेखि टप सेभेनसम्म र अन्य विभिन्न विधामा २४ जनालाई सबटाइटल उपाधि प्रदान गरिएको थियो भने चार जना अभिभावकलाई बेस्ट प्यारेन्ट्स अवार्डबाट सम्मानित गरिएको थियो।

प्रतियोगितामा प्याब्सन काठमाडौंका उपाध्यक्ष रिता राई दाहाल, प्रभु बैंकका चिफ म्यानेजर मन्जयराज पाण्डे, राष्टिझय बालअधिकार परिषद्का उपाध्यक्ष बम बानियाँ, गायक अशोक मुकारुङ, मिस मंगोल २०२२ की विजेता पासाङ डोल्मा शेर्पा, डान्सिङ स्टारका विजेता छिरिङ शेर्पा, राइजिङ स्टार सिजन–४ की विजेता अस्मिता अधिकारी र राइजिङ स्टार सिजन–५ का विजेता प्रशुन बडाल निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्