निलम बनिन पहिलो ‘पोइट आइडल’



काठमाडौं ।

नेपालको पहिलो कविता रियालिटी सो ‘द पोइट आइडल’ को उपाधि निलम गुरुङले जितेकी छन् । आज भएको पहिलो संस्करणको ग्रान्ड फिनालेमा भोटको आधारमा सिक्कमकी गुरुङले उपाधि जितेकी हुन् ।

विप्लव प्रतिक, अनुप बराल, उपेन्द्र सुब्बा तथा सुरक्षा पन्तको निर्णयसँगै भोटको आधारमा चार जनाले फिनालेसम्मको यात्रा तय गरेका थिए ।

फाइलनमा पल्लविव, निलम गुरुङ, नाथन रायान र मिल्सन राई प्रतिष्पर्धामा थिए । साहित्यकार, गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारीको सम्झनामा उनका छोरा अमनप्रताप अधिकारीले निर्देशनमा ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्