प्रसाद-२ लाई रिलिजको बाटो खुल्यो



गत साताका लागि रिलिज डेट तोकिए पनि उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण प्रदर्शन स्थगित भएको फिल्म प्रसाद–२ रिलिज गर्न बाटो खुलेको छ।

अदालतले सोमबार अन्तरिम आदेश जारी गरिरहनु नपर्ने पैmसला गरेपछि प्रसाद–२ लाई सेन्सर पास गर्ने र नयाँ मितिमा रिलिज गर्ने बाटो खुलेको हो। प्रसाद–२ फिल्म निर्माण गर्ने इजाजत यी निवेदकले प्राप्त गरेको नभई सुलभ थापा प्रोडक्सन प्रालि समेतले प्रँप्त गरेको देखिएको, निवेदक र सुलभ थापा प्रोडक्सन प्रालिबीच भएको २०७९÷३÷२७ को करारको सम्बन्धमा छुट्टै कानुनी मार्ग अपनाउन सक्नै नै देखिएका तथा निर्माण भइसकेको चलचित्रको प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टिले पनि उपयुक्त नदेखिएकाले निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गरिरहनुपर्ने अवस्था देखिएनु फिल्मका निर्मातामध्येका एक केशव पाण्डेले अर्का निर्माता सुवास थापाले आप्mनो रकम नदिएको भन्दै फिल्मको रिलिज रोक्ने माग राख्दै उच्च अदालत पाटनमा दायर गरेको रिटको फैसलामा भनिएको छ ञयसर्थ यस अदालतबाट मिति २०७९÷१२÷२१ मा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन।

यसअघि, उच्च अदातले उनको मागबमोजिम रिलिज रोक्न अल्पकालीन आदेश जारी गरेका कारण प्रसाद–२ गत शुक्रबार रिलिज नभएसँगै कम्तीमा यो वर्ष रिलिज नहुने अवस्थामा पुगेको छ। यसअघि, पाण्डेले थापाविरुद्व प्रहरीमा समेत उजुरी गरेका थिए। उजुरीपछि नेपाल प्रहरीले निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिध्र कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्