हिस्टुनको बागमती प्रदेश अधिवेशन सम्पन्न



काठमाडौं

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को बागमती प्रदेशको प्रथम अधिवेशन राजधानीमा सम्पन्न भएको छ । हिस्टुन नेपालका केन्द्रीय अध्यक्ष जीवराज सुवेदीले पानसमा दीप बालेर उद्घाटन गरेको अधिवेशनबाट १५ सदस्यीय बागमती प्रदेश समिति गठन गरेको छ ।
प्रमुख अतिथि सुवेदीले कक्षा ११–१२ को कक्षा सुरु गरेको तीन दशक नाघिसक्दा पनि सरकारले यस तहका शिक्षकहरुको व्यवस्थापन गर्न नसक्नु आफैमा अचम्मको विषय भएको बताए ।

यही कारण समयमा यस तहमा बसेर काम गर्ने धेरै शिक्षकहरु खाली हात नै अवकासमा जानुपर्ने भएको उनले बताए ।
उनले हिस्टुनको आगामी बैशाख १६–१७ गते हुने केन्द्रीय अधिवेशन हुनु आफैमा महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा हिस्टुन अध्यक्ष मण्डलका सदस्य एवं वरिष्ठ शिक्षक पुष्प नेपालीले यस तहका एकजना शिक्षकले विद्यालयसंग एक हप्ताको विदा लिएर विहेबारी सम्पन्न गरी विद्यालयमा फर्कन्दा उसलाई जागिरबाट निकालेको घटनाबाट यस तहका शिक्षकहरुको आन्दोलनको सुरुवाट भएको प्रसंग कोट्याए । त्यस्तै कार्यक्रममा हिस्टुनका महासचिव टिकाप्रसाद न्यौपानेले २०६१ सालमा स्थापना भएको हिस्टुनले विभिन्न समयमा विभिन्न किसिमका कार्यक्रमहरु सम्पन्न गरेको र यो संगठन अब देशव्यापी रपमा फैलिसकेको बताए ।

कार्यक्रममा बागतमती प्रदेशका १३ वटै जिल्लाको प्रतिनिधिहरुको सहभागिता रहनुका साथै सबै जिल्लाहरुको शैक्षिक स्थिति तथा यस तहका शिक्षकहरुको अवस्था सहितका प्रतिवेदनहरु प्रस्तुन् गरेका थिए ।

हिस्टुनका केन्द्रीय उपाध्यक्ष कल्पना पनेरुको सभापतित्वमा सम्पन्न उक्त हिस्टुन प्रथम बागमती प्रदेश अधिवेशनबाट मकवानपुर जिल्लाका शिक्षक रामशरण पौडेलको अध्यक्षतामा १५ सदस्य हिस्टुन बागमती प्रदेश समिति गठन भएको छ । सोही स्थानमा हिस्टुन काठमाडौं उपत्यका स्तरको पनि अधिवेशन भएको थियो । उक्त अधिवेशनबाट काठमाण्डौंका शिक्षक सुमन गौतमको अध्यक्षतामा ९ सदस्यीय हिस्टुज काठमाडौं उपत्यका समिति पनि गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्