रामचन्द्रले ल्याए प्रेम र घातको गीत



गायक रामचन्द्र चन्दले घाँटी रेट्नलाई बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा गायक चन्दका समीक्षा अधिकारीको स्वर छ।
नन्दु परियारको संगीत गरेको गीतको शब्द भने प्रकाश न्यौपानेले कोरेका हुन्। एक अर्कालाई प्रेम गर्ने प्रेमिल जोडीको वियोगान्त कथालाई गीतले मूल विषय बनाएको छ। गीतमा प्रेम र विश्वासमा घात गरेको कथा दर्शाउन खोजिएको छ।

गीतको भिडियोमा चिरञ्जीवि सापकोटा (जीवि चिरन) र यशु भद्मराई फिचर्ड छन्। भिडियोको निर्देशन सिर्जन बरालले गरेका हुन्। चन्दले आप्mनै युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्