मुस्ताङमा उदयको दुई कदम



निर्माता निर्देशक उदय सुब्बाको निर्देशनमा निर्माणाधीन फिल्म दुई कदमको धमाधम मुस्ताङमा छायांकन भइरहेको छ।

गत चैत्र १६ गतेबाट छायांकन शुरु भएको फिल्मको धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि सुटिङ गरिने निर्माता निर्देशक सुब्बाले जानकारी गराएका छन्। लेखक तथा निर्देशक दयाराम घिमिरेको कथा रहेको प्रेमकथाको फिल्म अजम्बरी फिल्म्स्को ब्यानरमा तारादेवी लिम्बूले निर्माण गरिरहेकी छन्।

गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बू, सिमोन गिरी, सुनील थापा, अर्जुन गुरुङ (भंगेरी), कविता आले मगर, विमला लिम्बू, चन्दा दाहाल, जीवन लिम्बूलगायत कलाकारको अभिनय रहने फिल्ममा ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको नृत्य निर्देशन र विक्रम डिसीको छायांकन रहेको छ। निर्माण टिमले फिल्म आगामी भदौ महिनामा रिलिजमा ल्याउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्