गीतमा मनको बहाव



आगामी चैत २४ गते रिलिज हुने फिल्म बहावको दोस्रो गीत सार्वजनिक गरिएको छ।

अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म बहावको टाइटल गीत बहाव यी मनका सोमबार सार्वजनिक गरिएको हो। गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र विषय आचार्यको एरेन्जमेन्ट छ। गीतमा फिल्मका प्रमुख पात्रको कथाको भावना प्रस्तुत गरिएको छ। फिल्ममा प्रमोद कँडेलको लेखन र निर्देशन रहेको छ। गीतमार्फत फिल्मकी मुख्य पात्र सन्ध्या रेग्मीको मनको बहाव प्रस्तुत गरिएको छ।

फिल्मका निर्देशक कँडेलका अनुसार बहाव घर+घरको कथा हो। फिल्ममा एउटा परिवारको मनोविज्ञानलाई चित्रीत गर्दै दुई पात्रबीचको अन्तद्र्वन्द्वपछि आउने परिस्थितिलाई देखाउने प्रयास गरिएको छ। ञयो एउटा अप्रत्यासित तवरले बनाइएको गीत हो। यो गीतले दर्शक श्रोतालाई माया भावसँगैको बहावसँग वियोगान्तसम्म पुर्याउँछ, संगीतकार सापकोटाले भने। गायक चौलागाईंले मानिसको अन्तर्मन भित्रको वेदना र जिन्दगीसँग निसासिएको एउटा व्यक्तिको मनभित्रको बहाव व्यक्त गर्ने बताए। ञमैले गीत गाउँदा शब्दको भावमै डुबेर गाएको छु। आशा छ दर्शक श्रोताले पनि यो गीत मन पराउनुहुन्छु गायक चौलागाईं भन्छन्।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्मका निर्माता श्रीधर पौडेल हुन्। फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भद्म, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्