कमलको मन



हेटौंडा । गायक कमल के क्षेत्रीको स्वरमा मन बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। म्युजिक भिडियो गायक क्षेत्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

हेटौंडा उपमहानगरपालिका वडा १७ मा रहेको पर्यटकीय क्षेत्र जुरेथुममा छायांकन गरिएको भिडियोमा अध्यात्म र पर्यटनलाई जोडिएको छ। यहाँ श्रीकृष्ण भगवान्को पूर्ण कदको ५२ फिट अग्लो मूर्ति छ। चार मिनेट ३० सेकेन्डको गीतमा मान्छेको मनको अवस्था चित्रण गरिएको छ।

म्युजिक भिडियोमा गायक कमल के क्षेत्रीले अभिनय गरेका छन्। साधु सन्तनुदासको शब्द तथा सुजिल कर्माचार्यको संगीत संयोजन रहेको भिडियो सन्दीप न्यौपानले छायांकन गरेका हुन्। यसअघि, क्षेत्रीले आई लव यु, नाच न, तिम्रै मायाले, पीपल पाते, मेरो मायाजस्ता चर्चित गीत बजारमा ल्याइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्