बहाव हेर्दा थाइल्यान्ड घुम्ने अवसर



आगामी २४ गते अल नेपाल रिलिज हुने फिल्म बहावको टिकट खरिद गर्दा थाइल्यान्ड घुम्न जान प्याकेज टुरको पुरस्कार पाउन सकिने भएको छ।

केही दिनअघि एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक गरिएको फिल्मको टिकट खल्ती एपमार्फत काटेपछि यो पुरस्कार पाउन सक्ने सम्भावना हुने निर्माता श्रीधर पौडेलले जानकारी गराए। नेपालभरिबाट २५ भन्दा बढी हलको टिकट खल्ती एपमार्फत काट्न सकिने र टिकट काटेका मध्य एकजना भाग्यशालीले एमडी होलिडेजको तर्फबाट एक जोडीलाई थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउन सक्नेछ।
फिल्म प्रमोसनमा जोडिन पाएकोमा फिल्म बहावको टिमलाई धन्यवाद दि“दै विजेतालाई उत्कृष्ट सेवा प्रदान गर्न आफूहरू उत्सुक रहेको एमडी होलिडेजकी प्रमुख प्रतिनिधि बिनिता त्वयनाले बताइन्। दुईतर्फी हवाई भाडा र तीनतारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज समावेश गरिएको पुरस्कार प्याकेज बहावका लागि निकै प्रभावकारी हुने फिल्मका मार्केटिङ हेड सुदीप दवाडीको दाबी छ। विजेता छनोट भने फिल्म प्रदर्शन सकिएको दुई हप्तापछि सार्वजनिक गर्ने निर्मँण समूहले जानकारी गराएको छ।

अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा रहेको बहावमा कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतले अभिनय गरेका छन्। जिज्ञासा, विचार र यथार्थ विषयवस्तु बोकेको भनिएको फिल्म स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको ब्यानरमा श्रीधर पौडेलले निर्माण गरेका हुन्। प्रमोद कँडेलको लेखन र निर्देशनमा निर्मित फिल्ममा वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत, सज्जा चौलागाईंको स्वर, कार्तिकेय स्मिता कर्नाटकको छायांकन र सुजन बडालको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्