कर्णालीको जीवन दर्शाउँदै बुलाकी



आगामी वैशाख १ गते अल नेपाल रिलिजमा आउने फिल्म बुलाकीको रोचक टझेलर सार्वजनिक गरिएको छ।

लक्ष्मण सुनारको निर्देशनमा निर्मित फिल्मको टझेलरमा यसकी मुख्य अभिनेत्री सुरक्षा पन्त, अभिनेता नरेन खड्का र डेब्यु अभिनेता विराज विष्टलाई प्रस्तुत गरिएको छ। कर्णाली प्रदेशमा प्रचलित जारी प्रथामाथि निर्माण गरिएको फिल्मको सार्वजनिक टझेलरले दर्शक मन जितेको छ। कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अवरोहलाई प्रस्तुत गरिएको फिल्ममा कर्णाली प्रदेशमा बोलिने खस भाषा प्रयोग छ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा टोपेन्द्र विष्टले निर्माण गरेको फिल्ममा सुरक्षा, नरेन र विराजका साथामा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाइलगायतले अभिनय गरको छन् भने प्रकाश कँडेल र सरस्वती खत्रीले यही फिल्मबाट डेब्यु पाएका छन्।

स्व. मोति विष्टको प्रस्तुति रहेको फिल्ममा राजबहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल, निर्देशक सुनार र अभिनेता विष्टको पटकथा र संवाद, शिव ढकालको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्