ओम शंकरको सम्बन्ध सार्वजनिक



गीतकार तथा फिल्म लेखक ओमशंकर श्रेष्ठद्वारा लिखित पछिल्लो उपन्यास सम्बन्ध हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरको सभापतित्वमा सम्पन्न समारोहमा उनीसहित प्रमुख अतिथि ख्यातिप्राप्त हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ओमशंकरको सम्बन्ध संयुक्त रुपमा विमोचन गरे।

बौद्ध धर्मसँग सम्बन्धित उपन्यासको विमोचन गर्दै हास्यव्यंग्यकार मदनकृष्ण श्रेष्ठले विमोचित उपन्यास र उपन्यासकारबारे चर्चा गरे। त्यसैगरी, अर्का हँस्यव्यग्यंकार आचार्यले विमोचित उपन्यासले बुद्धको ज्ञान र दर्शनसँग पाठकलाई जोड्ने र ज्ञान आर्जन गर्न सहयोग पुग्ने चर्चा गरे। उपन्यासकार श्रेष्ठले मानव र समाजको गतिविधि मात्र नभई समस्या समाधानको विषयलाई पनि आपूmले उपन्यासमा प्रस्तुत गरेको जनाउँदै सामाजिक कथावस्तुको उपन्यास आधुनिक परिवेशमा पस्केको बताए। कार्यक्रममा उपन्यासबारे पत्रकार कुमार रञ्जितले टिप्पणी गरेका थिए।

उपन्यासकार श्रेष्ठले सम्बन्धमा एक जमानामा बुद्धत्व प्राप्त गरेकाहरु अमृत अझ मिठास बोलिले शत्रुलाई पनि नतमस्तक बनाई भिक्षुझैं आप्mनो जीवन जिउन लागि परेको कथा पस्केका छन्। जीवनबाट निराश भएर भिक्षु जीवन अँगाल्ने, फेरि भिक्षुत्व त्याग्ने र फेरि पनि फर्केर निराशासहित भिक्षुत्व ग्रहण गर्ने परिपाटीलाई उनले उपन्यासका मूल विषय बनाएका छन्। शिक्षक, साहित्यकार, पत्रकार, कलाकार र गीतकारको बहुआयामिक परिचय निर्माण गरेका श्रेष्ठको सम्बन्ध तीन सय चार पृष्ठको छ। उपन्यास रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो। ओमशंकरले यसअघि यथार्थ कथा संग्रह बजारमा ल्याइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्