ग्रामीण भेगसम्म भौतिक विकास अपरिहार्य छ : सहरी विकासमन्त्री गुरुङ



काठमाडौँ।

नवनियुक्त सहरी विकासमन्त्री सीता गुरुङ्ले मन्त्रालयको कामलाई परिणाममुखबी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदबारस्थित मन्त्रालयमा आज पदबहालीका क्रममा उहाँले मन्त्रालय र मातहतका निकायको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै सक्रिय हुनुपर्ने बताउनुभयो ।

मन्त्री गुरुङले स्थायी सरकारको रुपमा रहेको कर्मचारी संयन्त्रसँग मिलेर काम गरेर नै परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयको काम गर्ने धेरै ठाउँ छ । ग्रामीण भेगसम्म पुगेर भौतिक पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता छ ‘टीम वर्क’का साथ परिणाम निकाल्ने गरी काम गर्न सबै कन्द्रित हुनुपर्छ ।” मन्त्री गुरुङले क्षेत्रगतरूपमा प्राथमिकता तोकेर नै काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

को हुन् मन्त्री गुरुङ ?

सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकी मन्त्री गुरुङ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ कांग्रेसकोतर्फबाट प्रतिनिधिसभा सदस्य पनि हुनुहुन्छ । मन्त्री गुरुङ गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट विजयी हुनुभएको थियो । पूर्वराज्यमन्त्रीसमेत रहनुभएकी गुरुङले तत्कालीन संविधानसभा सदस्यको भूमिकासमेतमा आफूलाई अब्बल सावित गर्नुभएको थियो ।

गुरुङ सानै उमेरदेखि राजनीतिमा सक्रिय भई महिला शसक्तिकरण र महिलालाई सङ्गठित गरेर राजनीतिमा स्थापित हुनुभएकी नेता हुनुहुन्छ । साहित्यमा रुचि राख्ने गुरुङ विभिन्न आन्दोलनमा सक्रिय रुहनुभयो । कांग्रेसको विद्यार्थी राजनीतिदेखि नै क्रियाशील गुरुङ नेपाल महिला सङ्घको तेह्रथुम अध्यक्ष हुँदै केन्द्रीय सचिव, पार्टीको महासमिति सदस्य र केन्द्रीय सदस्य बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्