आजबाट प्रेमकथाको प्रेमा



प्रेमकथामा बनेको फिल्म प्रेमा आज शुक्रबारदेखि रिलिजमा आउने भएको छ।

निर्देशक गोविन्दसिंह भण्डारीको फिल्म रणवीरबाट अभिनयमा डेब्यू गरेकी शुभेक्षा उनैको अर्को फिल्म प्रेमामा शीर्ष चरित्रमा देखिनेछिन्। शुभेक्षाको बुझाइमा प्रेमा चरित्रले शान्त र सरल छिन्। ञप्रेमा चरित्र हरेक महिलासँग मेल खान्छ। फिल्म हेरिरहँदा सबै महिलाले आफूमा प्रेमाको रुप पाउँछन्। प्रेमा मिठो खालको कथा हो, सुभेक्षाको भनाइ छ।

निर्देशक गोविन्दले वास्तविक जीवनकी एक महिलाबाट प्रभावित भएर फिल्मको कथा तयार पारेको बताएका छन्। ञप्रेमा चरित्र सकारात्मक छ र उसको काम गर्ने शैली पनि राम्रो छ। यो फिल्म तामिल, तेलुगु र हिन्दी भर्सनमा ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछु निर्देशक भण्डारीले जानकारी गराए। फिल्ममा अभिनेता अरुण क्षेत्रीले अभिनेत्रीद्वय शुभेक्षा र सृष्टि श्रेष्ठसँग रोमान्स गरेका छन्। प्रेमामा दर्शकले सबै कुरा पाउँछन्। फिल्मले राम्रो गर्छ भन्नेमा म पूर्णरुपमा विश्वस्त छु, अरुण भन्छन्।

फिल्म गोविन्द र विवेक घिमिरेले संयुक्त रुपमा निर्माण गरेका हुन्। बाघठाटा फिल्म प्mयाक्टझीको ब्यानरमा निर्मित फिल्ममा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) ले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्