हिमालकै छेउमा पाइँदैन पानी

खुमैमा खानेपानीको व्यवस्था गरिदिन व्यवसायीको माग



गतशुक्रबार चितवनका २ सहित पोखराका गरी सात जनाको ग्रुप खुमै डाँडा घुम्न पुगे । घाचोक सरीपाखादेखी पदयात्रा सुरु गर्दै शुक्रबार साँझ खुमै डाँडा पुगेका उनीहरुले त्यहाँ पानी नै पाएनन् । बाटोमा समेत पानीको स्रोत नभेटिएका उनीहरुले हिमालको काखमा पानी पाइने आशा लिएका थिए ।

शुक्रबार नै खुमै पुगेका पोखराका अमित विकले खुमैमा पानी माग्दा मानी नपाएको गुनासो पोखे । ‘चिसो ठाउँ थियो । बीचमा जाँदा पनि पानी कहीँ पाएनौँ । खुमैमा क्याम्प (होटल) थियो तातो पानी माग्दा पानी पाएनौं’ उनले भने,‘पानीको चाहिँ एकदम समस्या रहेछ । खानेपानी नै छैन । हामी मात्र होइन त्यहाँ पुग्ने हरेकले यो समस्या भोग्न परेको छ ।’ उनीहरुको टोली खुमै ट्रेकर्स होममा बसेका थिए । सुमिन सुनारले हिडेदेखी नै पानी कहीँ कतै नपाएको बताए ‘पानी नपाउँदा गाह्रो भयो । लगेको पानीले घाटीमात्रै भिजाउन पर्‍यो । होटलमा त झन् पानी नै पाइएन । पानी छैन भन्यो’ उनले भने, ‘पैसा तिरेरै पानी खान्छु भन्दा पनि पाएनौ । हिउँ भएको ठाउँमा पानी नै छैन ।’

खुमैमा व्यवसाय गर्दै आएका व्यवसायीहरु समेत खानेपानीका लागि निकै सङ्घर्ष गर्नुपरिरहेको बताए । कास्कीको माछापुच्छे« गाउँपालिका १ स्थित खुमै डाँडा पछिल्लो समय निकै चर्चामा आएको पर्यटकीय ठाउँ हो । माछापुच्छे« हिमालको काखमा बसेको खुमै डाँडा ग्रेट माछापुच्छे« ट्रेक अन्तरगत पर्दछ । माछापुच्छे्र गाउँपालिका ९, तातोपानीदेखि समेत जानमिल्ने उक्त खुमै डाँडा जानेक्रममा खानेपानी अभाव छ । खुमै डाँडामा पानी ल्याउन त्यहाँ व्यवसाय गरेका व्यवसायीहरु समेत दुई घण्टाको बाटो हिँड्न बाध्य छन् ।

व्यवसायी हेमन्त गुरुङका अनुसार खाना पकाउन र खानका लागि दुई घण्टा हिँडेर पानी बोक्नु पर्छ । ‘पानीको साह्रै समस्या छ । दुई घण्टा हिँडेर जानुपर्छ । यहाँ आउने पर्यटकका लागि समेत यो समस्या हो ।’ व्यवसायी सुरेश गुरुङले पानीको समस्या भएको बताए । यहाँ पानीको स्रोत छैन । व्यवसाय बढ्दै छ पानी छैन । पानीका लागि गाउँपालिका र प्रदेश सरकारले सहयोग गरिदिन प¥यो’ उनले भने,‘यो ठाउँ चर्चामा आएको धेरै भएको छैन । ह्वात्तै चर्चामा आयो । होटलहरु पनि बन्दैछन् बाटोबाटोमा ।’

मनोलिसा थापाले तातो पानी माग्दा पानी लिन गएको र आउँदा ढिला हुने जवाफ पाएको बताइन् । ट्रेकिङमा निकै रुची भएकी थापाले आफ्नो सबैभन्दा छोटो टे«क नै ग्रेट माछापुच्छे्र टे«क रहेको सुनाउँदै खानेपानी व्यवस्थापनलाई ध्यान दिन आवश्यक रहेको सुनाइन् । ‘हिलेखर्क कटेपछि पानीको अभाव छ । हिमालमा पनि पानीको अभाव देख्दा अचम्म लागेको छ । हिउँ पर्छ हिमाल नजिकै छ तर पनि खानेपानी नै छैन’ उनले भनिन्, ‘पर्यटक बढिरहेका छन् । व्यवसाय पनि राम्रो रहेछ तर पानीको चाहिँ व्यवस्थापन हुनुपर्छ ।’  ग्रेट माछापुच्छे टे«कमा वडा १ का समुदायले संयुक्त रुपमा होटलहरु संचालन गर्दै आइरहेका छन् ।

माछापुच्छे्र गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङले ग्रट माछापुच्छे्र टे«कलाई स्तरोन्नति गर्नका लागि पालिकाको बैठकनै खुमैमा बसेको सुनाए । उनले १६ औं कार्यपालिका बैठक खुमैमा बस्दै माछापुच्छे पदयात्रालाई स्तरोन्नतिका साथै पानीको स्रोत खोजी गरी पानीको व्यवस्थापनलाई अघि बढाउने बताए । ‘१६ कार्यपालिका बैठकले यो ठाउँको स्तरोन्नतिका साथै प्रबद्र्धनका लागि काम गर्ने निर्णय भएको छ । हाम्रो पालिका पर्यटकीय पालिका हो । हामीले माछापुच्छ्रे हिमाल समेत खुल्ला गर्ने सोँच बनाइरहेका छौं । अब सिढि बनाएर पदमार्ग बनाउने योजना बनाएका छौं’ उनले भने,‘अहिले होटलहरुले कुनैपनि अनुमति लिएको छैन । भरखरै यो सञ्चालनमा आएको छ । पहिला विदेशीहरु क्याम्पिङ बस्दै जाने ठाउँ रहेछ । त्यहि मार्गलाई पछ्याएर जाँदै छौं ।’ व्यवसायलाई समेत करको दायरामा ल्याउँदै अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) संग समन्वय गरी पर्यटकका लागि खुल्ला गर्ने पक्षमा आफुहरुको रहेको उनले सुनाए ।पानीको अभाव रहेको र यसका लागि आफूहरूले सक्दो पहल गर्ने गुरुङले बताए ।

उक्त टे«कमा विगत तिनचार महिना यता आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । आन्तरिक पर्यटकको मुख्य रोजाइ बनेको खुमै डाँडा टिकटक बनाउनकै लागि भएपनि पुग्ने गरेका छन् । आन्तरिक पर्यटक बढेसँगै व्यवस्थापनमा समेत चुनौती थपिएको छ । समयमा व्यवस्थापनमा ध्यान नदिए गुमनाम हुन समेत समय लाग्दैन । एक पटक त्यहाँ पुगेर फर्कने हरेक पर्यटकले व्यवस्थापन खस्किएको र पानीको अभाव भएको गुनासो पोख्दै निराशा भएर फर्किन बाध्य छन् । यसतर्फ व्यवसायी र राज्यले ध्यान दिन जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्