एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजीनामा



काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले दुई जना केन्द्रिय नेताले दिएको राजिनामा स्विकृत गरेको छ । आज अपरान्ह बसेको सो पार्टीको आकस्मिक सचिवालय बैठकले हिजो पार्टी परित्यागको घोषणा गरेका दुई जना केन्द्रिय नेताको राजिनामा स्विकृत गरेको हो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले उपाध्यध केदार न्यौपाने र स्थायी कमिटि सदस्य चुणामणी जंगलीले दिएको राजिनामा स्विकृत गरेको हो ।  यसैगरी, बैठकले मिटर ब्याँज पीडितहरुले गरेको आन्दोलनको समर्थन गर्दै सरकारलाई उनीहरुको माग तत्काल सम्बोधन गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्