पूर्व माओवादी घटक तीन कम्युनिस्ट पार्टी एकताको तयारीमा



काठमाडौं । १० वर्षे सशस्त्र द्वन्द्व ताकाका माओवादी पृष्ठभूमिका तीन कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ ।

नेकपा (बहुमत) पार्टीका एक केन्द्रीय सदस्यका अनुसार यहीँ चैत २१ गते संघीय राजधानी काठमाडौंमा एक विशाल कार्यक्रमको आयोजना गरी पार्टी एकता हुने भएको छ ।

पार्टी एकता तीन कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) तथा सन्तबहादुर नेपालीको नेकपा मशालबीच एकता हुने भएको हो ।

यद्यपि यसअघि नै नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच एकता गर्ने सहमति भइसकेको थियो । तर, वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति जारी गरेर एकता प्रक्रियामा सामेल हुन पार्टीको संगठन र नेता–कार्यकर्तालाई यसअघि नै आह्वान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्