मन्त्रालय बाँडफाँडको सहमति खोज्न सत्ता गठबन्धनको बैठक जारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धन दलको बैठक बसेको छ । आज (बुधबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

बैठकले मन्त्रालय बाँडफाँडको सहमति जुटाउनुको साथै सरकारको न्यूनतम साझा कार्यक्रमलाई अनुमोदन गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हिजो (मंगलबार) बसेको सत्ता गठबन्धन दलको बैठकमा नेपाली कांग्रेसले नौ मन्त्रालयमा दाबी पेश गरेको छ भने जसपा र नेकपा (एकीकृत समाजवादी)ले तीन तीन मन्त्रालयमा दाबी गरेका छन् ।

त्यस्तै लोसपाले २, जनमत र नागरिक उन्मुक्ति पार्टीले २/२ मन्त्रालयको दाबी गरेका छन् । त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधानमन्त्रीसहित चार मन्त्रालय पाए सरकारमा जाने बताउँदै आएको छ । सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले प्रधानन्त्रीसहित ५ वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्