काभ्रेको बेथानचोकमा नाँगो गाउँ



निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माणाधीन फिल्म नाँगो गाउँको छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा चलिरहेको छ।

यसै साता शुरु भएको फिल्मको छायांकन ३५ दिनसम्म चल्ने निर्देशक लामाले जानकारी गराए। छायांकनमा मुख्य कलाकारहरु दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, शिशिर वाङ्देललगायत सरिक छन्। फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङलगायतका कलाकारको पनि मुख्य भूमिकामा छन्। फिल्मकी मुख्य नायिका मिरुना मगरको दृश्य भने छायांकन शुरु गर्न बाँकी रहेको निर्देशक लामाले जानकारी गराए।

मनिष्मा फिल्मस्को ब्यानरमा हिमाल शर्माद्वारा निर्माणाधीन फिल्मको छायांकन आलोक शुक्लाले गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्