प्रियंकाले राजनीतिका कारण छोडेकी थिइन् बलिउड



बलिउड अभिनेत्री प्रियंका चोपडाले बलिउडमा बलेको समयमै सो नगरी छोडेर हलिउडतिर लाग्नुको कारणबारे लामो समयपछि मुख खोलेकी छन्।

प्रियंकाले बलिउडमा एकातिर गुट प्रथा हाबी भएको र अर्कोतिर आपूmमाथि राजनीति भएकाले बलिउड छोडेर हलिउडतिर लागेको एक अन्र्तवार्तामा खुलास गरेकी हुन्। प्रियंकाको अन्र्तवार्तापछि बलिउडकी अर्की अभिनेत्री कंगना रनावतले उनलाई समर्थन गर्दै करण जौहरले प्रियंका चोपडामाथि प्रतिबन्ध लगाएको आरोप लगाएकी छन्। प्रियंका बलिउड फिल्म नगरीमा सर्वाधिक सफल अभिनेत्रीमा पर्छिन् भने आप्mनो शो र फिल्मका साथ अन्तर्राष्टिझय स्तरमा समेत मजबुत छाप बनाएकी छन्। उनै प्रियंकाले अन्र्तवार्तामा कसैको नाम नलिई बलिरहेकै बेला बलिउडमा काम पाउन छोडेको बताएकी थिइन्। कंगनाले भने प्रियंकामाथि राजनीति गर्ने करण जौहर नै भएको किटान गर्दै प्रतिक्रिया जनाएकी छन्।

ञप्रियंका चोपडाको भनाइ छ कि मानिसले उनीविरुद्ध ग्याङ बनाएर उनलाई हैरान पार्न थाले र उनलाई फिल्म इन्डस्टझीबाट बाहिर निकालियो। यसरी आफै बनेकी एक महिलालाई भारत छोड्न मजबुर पारियो। सबलाई थाहा छ कि, करण जौहरले उनलाई ब्यान्ड गरेका थिए, कंगनाले ट्विटर ह्यान्डलमा लेखेकी छन् । मिडियाले करण जौहरका साथ प्रियंकाको मनमुटावबारे धेरै लेखे। किनकि, शाहरुखका साथ उनको दोस्ती थियो। सधैं यस्तै आउटसाइडर्सको खोजीमा रहने मुभी माफियाका कारण प्रियंका यति ह्यारेस भइन् कि उनले भारत छोडेरै जानुपर्यो।

प्रियंका र कंगनाले फिल्म फेसनमा सँगै काम गरेका थिए। में काम किया था। उक्त फिल्म बक्स अफिसमा सुपरहिट साबित भएको थियो।

प्रतिक्रिया दिनुहोस्