युवराज र अनुष्काको रोमान्टिक गीत



लोकप्रिय गायक युवराज चौलागार्इं र गायिका अनुष्का पाठकको स्वरमा भो मलाई चाहिन्न बोलको नयाँ गीत सार्वजनिक गरिएको छ।

हालै गायक चौलागाईंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा उनकै संगीत छ भने कौशिला खनाल कर्माचार्यको शब्द रचना रहेको छ। गीतमा प्रेमी प्रेमीकाबीच अभिव्यक्त गरिएका मायाको भावना समेटिएको छ। गीतमाथि रोचक भिडियो पनि निर्माण गरिएको छ। गीतको भिडियोमा मोडलद्वय सागर थापा ध्रुव र समरिका अधिकारीको रोमाञ्चक अभिनय तथा नृत्य रहेको छ। भिडियोमा राजीव समरको निर्देशन र कोरियोग्राफी तथा दिनेश पराजुलीको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्