ललितकलाको ३६ बुँदे अवधारणा



नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले एक पत्रकार सम्मेलन आयोजना गरी आफ्नो कार्ययोजना सार्वजनिक गरेको छ। प्रतिष्ठानले अल्पकालीन, दीर्घकालीन र नीतिगत रणनीतिक हिसाबले ३६ बुँदे रणनीति अवधारणा सार्वजनिक गरेको हो।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काप्mले (थुम्केली) ले राष्टिझय ललितकला प्रदर्शनी २०८० सहित देशव्यापी नेपाली कला र कलाकारको सर्वेक्षण, सगरमाथा काठमाडौं कन्टेम्पोररी आर्टसमिट, नेपाली कला र दिग्गज कलाकारको वृत्तचित्र निर्माण, हस्तकला लोककला परम्परागत कला महोत्सवदेखि कलाकार कल्याण कोषलगायतका कार्ययोजना सार्वजनिक गरिएको जनाए।

काप्mलेले गणतन्त्र दिवसको दिन पारेर आगामी जेठ १५ गते राष्टिझय ललितकला प्रदर्शनी २०८० गर्ने, रेनोभेसन÷कन्जर्भेसन प्रशिक्षण गर्ने, राष्टिझय ललितकला सम्मेलन गर्ने, देशव्यापी नेपाली कला र कलाकारको सर्वेक्षण गर्ने, खोज र अनुसन्धान कार्यलाई तीव्रता दिने, जर्नल÷पत्रिका÷पुस्तक प्रकाशन गर्ने, विद्वतवृत्ति प्रदान गर्ने, सगरमाथा÷काठमाडौं कन्टेम्पोरेरी आर्ट समिट गर्ने, प्रदेश सरकारसँगको समन्वयमा प्रादेशिक प्रदर्शनी गर्दै राष्टिझय ललितकला प्रदर्शनी गर्ने, नेपाली कला र दिग्गज कलाकारको वृतचित्र निर्माण गर्ने जनाए।

त्यसैगरी, हस्तकला÷लोककला÷ परम्परागत कला महोत्सव गर्ने, सातै प्रदेशमा कला हब बनाउने, कलासम्बन्धी नियमित प्रशिक्षण÷कार्यशाला÷ गोष्ठी÷अन्र्तक्रिया सञ्चालन गर्ने, सातै प्रदेशमा समसामयिक÷लोक÷हस्त÷परम्परागत कला सध्र्ग्रहालय बनाउन पहल गर्ने, यसका लागि क्रमशः ललितकलाको प्राज्ञिक सम्पर्क शाखाहरु खोल्दै जाने, अन्य प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालय तथा सरोकारी संघ संस्थासँगको सहकार्यमा नेपाली कला र संस्कृतिको व्यापक बहस गर्दै सैद्धान्तिकीकरण गर्ने, राष्टिझय तथा अन्तर्राष्टिझय स्तरका कला प्रदर्शनी कार्यशाला तथा गोष्ठी गर्ने, कलाग्र्र्राम निर्माण गर्ने लक्ष्यका लागि मूर्ति उद्यान निर्माणका निम्ति पहल गर्ने, कलालेखनवृत्ति प्रदान गर्ने, कलाकार कल्याण कोष बनाउने, कलाकार परिचय पत्र व्यवस्थित गरी वितरण गर्ने प्रतिष्ठानले जनाएको छ।

त्यस्तै, कला र संस्कृतिसँग सम्बन्धित विभिन्न प्रज्ञा प्रतिष्ठान, निकाय तथा संस्थासँग समन्वय गर्ने, प्रदेश तथा पालिका सरकारसँग समन्वय गर्दै स्थानीय (रैथाने) कला र नीति निर्माण गर्न पहल गर्ने, गुरुयोजनामार्फत तिनलाई नियमित रुपमा सञ्चालन गर्न सहज प्रावधान बनाउने, संघ÷प्रदेश÷पालिकालाई ललितकला क्षेत्रको विकास, प्रवद्र्धन, तथा संरक्षणका लागि गठित कला प्रतिष्ठानलाई अभिप्रेरित गर्न विधागत नीति निर्माणमा सहजीकरण गर्ने, कला संरक्षणका काम गर्न नीतिगत रुपमै सुधार गर्न पहल गर्ने, ललितकलालाई अन्य क्षेत्रसँग जोड्दै आर्थिक उन्नतिमा लैजान नीतिगत सम्बोधनका निम्ति सरकारसँग पहल गर्ने, परम्परागत चित्र÷मूर्तिकला लोककला÷हस्तकलाको प्रवद्र्धनात्मक कार्य गरी रोजगारी तथा आर्थिक उन्नतिका लागि सहज वातावरण बनाउन सरकारसँग पहल गरी नीति निर्माण गर्ने, पाठ्यक्रममा निर्माण गरी रोजगारी सिर्जना तथा मौलिकताको संरक्षणमा जोड दिने नीति निर्माणका लागि पहल गर्ने प्रतिष्ठानको लक्ष्य रहेको छ।

प्रतिष्ठानले नेपाली कलाको प्रवद्र्धन, संवद्र्धन, संरक्षण तथा विकासका लागि ३६ बुँदे अवधारणापत्र तयार पारेको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए।

प्रतिक्रिया दिनुहोस्