आर्मी ‘बी’ लाई उपाधि



काठमाडौं । नेपाल आर्मीको ‘बी’ टिमले एलडीबीए थ्री बाइ थ्री पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा आर्मी ‘बी’ ले आफ्नै ‘ए’ टिमलाई २१–१७ ले पराजित ग¥यो । विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गरे । नगद पुरस्कार अमेरिकामा बस्दै आएका चित्रकुमार बस्नेतले प्रायोजन गरेका हुन् ।

ललितपुर जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा विजेता टोलीका रविन खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले ब्रान्ड हाउसद्वारा प्रायोजित गिफ्ट ह्याम्पर पुरस्कार स्वरुप पाए । भनिमण्डल युवा क्लब ‘इमर्जिङ टिम’ चुनियो । भनिमण्डलले १० हजार नगद पुरस्कार पायो ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा भएको दुईदिने प्रतियोगितामा २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्