कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बिहान ९ बजे उक्त समितिको बैठक बस्ने भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने र उपनिर्वाचनको उम्मेदवारको विषयमा निर्णायक छलफल हुने बताइएको छ ।

त्यस्तै उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको मुख्य सचिज कृष्ण्प्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्