जय हो पोखरामा



निर्माता निर्देशक शोभित बस्नेतको प्रस्तुतिमा निर्माणाधीन फिल्म जय होको पोखराबाट छायांकन शुरु भएको छ।

हाल पोखराका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिने प्रस्तुतकर्ता बस्नेतले जानकारी गराएका छन्। सलोन सलिना फिल्म्स्को ब्यानरमा राज के अधिकारी र सुरज सरकार निर्माता तथा टेक पौरखी राईको निर्देशनमा निर्माणाधीन फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकरी, निशा अधिकरी, माओत्से गुरुङ प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, रोहित रुम्बा लगायतले अभिनय गर्नेछन् भने कथा सुरेश न्यौपाने, संगीत शम्भुजित बास्कोटा र सागर आले मगर, द्वन्द्व निर्देशन सम्राट बस्नेत, कोरियोग्राफी कविराज गहतराज र रामजी लमिछाने, छायांकन सौरभ लामा र सम्पादन बनिश शाहको रहनेछ।

कमेडी, एक्सन र लभस्टोरीमा निर्माणाधीन फिल्म आगामी भाद्र ८ गते रिलिज गरिने प्रस्तुतकर्ता बस्नेतले जानकारी गराए। फिल्मको निर्माण अगावै विदेश राइट्स बिक्री भएको छ। नमस्ते इन्टरटेनमेन्टले फिल्मको विदेश राइट्स किनेको हो।

प्रतिक्रिया दिनुहोस्