जारीको चरी बस्यो



कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित फिल्म जारीमा समावेश चरी बस्यो बोलको गीत हालै सार्वजनिक गरिएको छ।

लिरिकल गीतमा कालीप्रसाद बास्कोटाको शब्द रचना, संगीत तथा स्वर रहेको छ। सार्वजनिक गीतकोे लिरिकल भिडियोमा अभिनेता दयाहाध्र राई र अभिनेत्री मिरुना मगरबीचको नोक झोक प्रस्तुत गरिएको छ। आगामी वैशाख १ गते रिलिज हुने जारी प्रथामा आधारित फिल्ममा लिम्बू संस्कृति र भेषभूषा झल्किएको छ।

रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाध्र, सीताकुमारी तुम्बापो, पन्थक ठूलेलगायतका कलाकारले अभिनय गरेको फिल्ममा उपेन्द्र सुब्बाको लेखन र निर्देशन, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ।

प्रतिक्रिया दिनुहोस्