कोर्चाङमा आन्तरिक पर्यटक बढे

चरिपाखा देखी खुमैकोट पदमार्ग स्तरोन्नति गर्छौ : अध्यक्ष



ग्रेट माछापुच्छ्रे खुलेसंगै अन्तरिक पर्यटकले थामि नसक्नु भएको छ । पोखरादेखी नजिकैको दुरीमा रहेको कोर्चाङ चर्चामा आएसंगै यतिबेला आन्तरिक पर्यटकले थामि नसक्नु भएको हो । माछापुच्छे« हिमालको काखमा रहेको कोर्चाले मन लोभ्याएपछि आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढाउँदा माछापुच्छे« गाउँपालिका १ स्थित खुमैडाडाँ भरिभराउ भएका हुन् । दैनिक डेढ सय बढी अन्तिरिक पर्यटक जान थालेपछि स्थानीय व्यवसायीलाई व्यवस्थापन गर्न समेत हम्मे हम्मे परेको छ ।

३ हजार ६ सय ८३ मिटरको उचाइमा रहेको कोर्चामा चिया बेच्दै आएका हेमन्त गुरुङले पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल समेत निकै बढेको बताए । उनका अनुसार अहिले खुमैमा व्यवसाय निकै फस्टीएको छ । ‘कोर्चा आउने जति सबै खुमैमा बस्छन् । त्यहाँ अहिले त्यहाँ आन्तरिक पर्यटक थेगि नक्नु भएको छ । खुमैबाट यहाँ आउन दुई घण्टा हिड्नुपर्छ यहाँ एउटामात्रै क्याम्प छ’ उनले भने, ‘यहाँ पर्यटक बढ्न थालेपछि हामीले अब व्यवस्थित क्याम्पिङ बनाउँदै छौं । यो गाउँकै संयुक्त लगानी हो ।’ उनका अनुसार दैनिक दुई सय बढी पर्यटकले अवलोकन गरेको सुनाए ।

पछिल्लो समय आन्तिरिक पर्यटकको आगमन बढेपछि अहिले गाउँपालिकाले समेत उक्त स्थानलाई प्रर्वद्धनसंगै आवश्यक प्रक्रियाका लागि थलानी थालेको छ । गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले पालिकाको पर्यटन प्रबद्र्धन गर्नका लागि उक्त स्थानमा पालिका बैठक बसेको बताए । उनले पछिल्लो समय छोटो ट्रेकको रुपमा रहेको र उक्त स्थानको व्यवस्थापनका सन्दर्भमा पालिका बैठकमा कुरा उठेको समेत बताए । उनका अनुसार अब पालिकाले व्यवस्थित तरिकाले ग्रेट माछापुच्छ«े टे«क संचालन गर्ने बताए । पालिका बैठकले मुख्य चार निर्णयहरु गरेको उनले बताए । ‘हाम्रो मुख्य निर्णय भनेकै पर्यटकीय क्षेत्र प्रबद्र्धनमा रह्यो । पर्यटक प्रबद्र्धनका लागि के कस्ता कामहरु गर्न सकिन्छ भन्ने विषयमा छलफल पनि भयो’ उनले भने,‘ विशेषगरी अहिले चर्चामा आएको चरिपाखादेखी खुमैकोट पुग्ने पदमार्ग स्तरोन्नती एजेन्डा बन्यो ।’ अब पालिकाले उक्त क्षेत्रलाई व्यवस्थित गर्ने उनको भनाइ थियो ।

यस्तै बैठकले जलवायु परिवर्तनको बारेमा समेत छलफल गरेको थियो । ‘हामीले चरिपाखा देखी खुमैकोटसम्म पदमार्ग स्तरोन्नित गर्ने काम अब सुरु गर्छौ । त्यो बाहेक जलवायु परिवर्तन, विद्यालय मर्ज तथा पर्यटनकै बारेमा छलफल सहित निर्णय भएको छ’ उनले भने । पोखरादेखी घुम्न पुगेका गणेश थापाले निकै आकर्षक स्थान रहेको सुनाए । परिवार सहित पुगेका थापाले सामाजिक संजालमा भाइरल भएकाले आफुहरु पनि घुम्न आएको बताए । ‘आउँदा निकै दु:ख भयो तर कोर्चाङको मनमोहक दृष्यले त्यो सबै दु:ख विर्सायो’ उनले भने, ‘यो निकै उत्कृष्ट यात्रा भयो । छोटो समयमा आउन सकिने भएकाले रिफ्रेस्मेन्टका लागि अति उपयुक्त छ ।’ व्यवसायी नारायण गुरुङले आन्तरिक पर्यटकको संख्या दैनिक रुपमा बढ्न थालेको बताए । उनले पर्यटक बढ्न थालेपछि होटलको समस्या भएको सुनाए । ‘सयौँ संख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् । विशेषगरी शुक्रबार चहलपहल बढेको छ’ उनले भने, ‘यहाँ फोन गरेर बुकिङ गरेमात्रै बस्न पाइन्छ नत्र पाइदैन् । अब बल्ल पुर्वाधार बन्दैछ । पुर्वाधार कम भएकाले थोरै पर्यटक आउँदा नै भरिन्छ ।’ उनका अनुसार खुमै डाँडामा करिब दुईसय जना वास बस्न सक्छन् । ‘राम्रोसंग बस्नलाई धेरै अट्दैनन् । हामीले पछिल्लो समय पर्यटक बढेपछि डाइनिङ रुममै सुताएका छौं’ उनले भने ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्