राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई नगरपालिकाद्वारा जनही ५० हजार नगदसहित सम्मान



बुटवल। 

राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगद राशिसहित सम्मान गरेको छ ।

नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी तिलोत्तमामा स्थायी बासिन्दा भएका खेलाडीलाई जनही ५० हजार नगद राशिसहित सम्मान गरेको हो । आइसिसी विश्वकप लिग–२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यू–१९ क्रिकेटका क्याप्टेन देव खनाललाई सम्मान गरिएको हो ।

राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई रुपन्देहीको तिलोत्तमा नपालिकाले नगद राशिसहित सम्मान गरेको छ ।खेलाडीहरुलाई तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उप प्रमुख जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा टीका, माला तथा प्रशंसापत्र सहित नगद जनही ५० हजार रुपैयाँ पुरस्कारले सम्मान गर्नु भयो ।

खेलाडीहरुलाई सम्मान गर्दै नगर प्रमुख खाँणले तिलोत्तमालाई क्रिकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नु भयो । खेलको माध्यमबाट भौतिक पूर्वाधार तथा मानवीय विकासमा समेत टेवा पुग्ने उहाँको कथन छ । आफ्नो स्रोत र साधनले भ्याएसम्म तिलोत्तमाले खेलकुदको क्षेत्रमा लगानी गरेको बताउनु भयो ।

यसैगरी नगर उपप्रमुख जगेश्वरीचौधरीले खेलाडीहरुले नेपालको पहिचानसँगै तिलोत्तमालाई विशेष रुपमा पहिचान प्रदान गर्न सफल भएको बताउनु भयो । सम्मानित खेलाडीहरुलाई बधाई दिँदै उहाँले जसरी उदीयमान बनेका छन् त्यसै गरी उदाइरहन शुभकामना दिनु भयो ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगर नगरपालिकाले खेलाडीको प्रोत्साहनका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।

सम्मान ग्रहण गर्दै राष्ट्रिय खेलाडी कुशल भुर्तेलले सबैको साथ समर्थनले नै आफू र आफ्नो टिमले सफलता हात पारेको उल्लेख गर्नु भयो । नगरपालिकाले आफूहरूलाई सम्मान गरेर तिलोत्तमामा थप नयाँ र प्रतिभावान खेलाडी उत्पादनका लागि अवसर सिर्जना गरेको बताउनु भयो ।

नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले हरेक खेलकुदको विकासका लागि खेलाडीहरुको सम्मान जरुरी रहेको बताउनु भयो ।

सम्मानित दुई राष्ट्रिय खेलाडी सम्मिलित सिनीयर टोलीले विश्व कप छनोट खेल्न पाउने भएको छ भने यू–१९ का क्याप्टेन खनालले टिमलाई जित दिलाउँदै सन् २०२४ मा श्रीलंकमा हुने यू–१९ विश्वकपका लागि छनोट गराउन सफल भएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्