पूर्व प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी भ्रमण, अब ५ दिन राजधानी बाहिर रहने



बुटवल ।  

पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले शनिबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नु भएको छ ।  पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्वागत गर्नु भयो ।

ओलीले लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गर्नुभयो । उहाँले मायदेवि मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी शान्ति दीपको समेत अवलोकन गर्नु भयो ।  पूर्व प्रधानमन्त्रीलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराइएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनु भयो ।

पूर्वप्रधानमन्त्री ओलीले आफैले शिलान्यास गरेको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको समेत निरीक्षण गर्नुभयो । उक्त अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीको समेत सहभागिता रहेको थियो । मुख्यमन्त्री गिरीलाई समेत कोषले स्वागत गरेको थियो ।

पूर्वप्रधानमन्त्री ओलीले  अव चैत १५ गते सम्म कपिलवस्तु ,गुल्मी, पाल्पा अर्घाखाँची र रुपन्देहीको कार्यक्रममा सहभागी हुँदै यीनै जिल्लामा बस्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्